मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त
आचार्य प्रशान्तले ऋषिकेशमा “काल” सम्बन्धी दुई दिने कार्यशालामा भक्तहरूले सोधेका प्रश्नहरूको जवाफ दिए। ऋषिकेशमा आयोजित दुईदिने कार्यशालामा प्रशान्त अद्वैत फाउन्डेसनका संस्थापक तथा पूर्व निजामती सेवा अधिकृत आचार्य प्रशान्तले ‘काल’ अर्थात् समयको वेदान्तिक व्याख्या दिएका थिए । उक्त कार्यशालामा भारतका विभिन्न राज्यका जिज्ञासुहरुको सहभागिता रहेको थियो । अनलाइन प्लेटफर्म मार्फत यस कार्यशालामा विश्वभरका धेरै खोजकर्ताहरूले भाग लिएका थिए। आचार्य प्रशान्तले समयको प्रवाहको विज्ञानलाई बुझ्नुपर्ने बताउनुभयो ।
सोच र समयको सम्बन्धलाई प्रष्ट देख्नुपर्छ, तब मात्र हामीले जीवनको सबैभन्दा बहुमूल्य स्रोत समयको सही सदुपयोग गर्न सक्नेछौं। आचार्य प्रशान्तले सही केन्द्रबाट उत्पन्न हुने कर्मलाई प्राथमिकता दिनु समयको व्यवस्थापनको निकै प्रभावकारी माध्यम भएको बताउनुभयो । उनले भने कि हामीसँग सीमित समय छ भनेर बिर्सन्...