Friday, November 20

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २३ हजार ९ सय कोरोना संक्रमित थपिए, २ सय ३३ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन २३ हजार ९ सय कोरोना संक्रमित थपिए, २ सय ३३ को मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४८ हजार ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख ८९ हजार ३ सय ९८  पुगेको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ५६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड ३० लाख ६० हजार ९ सय ८० कोरोना संक्रमित निको भइसकेका छन् ।...
महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान
अन्तर्राष्ट्रिय, समाचार

महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् । तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिवन्ध लगाएको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् । विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न...
भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?
अन्तर्राष्ट्रिय, समाचार

भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?

पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ पुगेको छ । तीमध्ये ३ करोड ३० लाख ३५ हजार ५२४ जना निको भइसकेका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा २८ हजार २३९ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २८२ जना संक्रमितको मृत्यु भएको छ । यसँगै भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ३७२ पुगेको छ । भारतमा संकृय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ रहेको छ ।...
विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् । यही अवधिमा ७ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये अमेरिकाका एक हजार ७२२, रुसमा ८६७, ब्राजिलमा ६३७, भारतमा २८२, टर्कीमा २१६ र बेलायतमा १३७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ४७ लाख ९६ हजार २१९ पुगेको छ । कुल संक्रमित २३ करोड ४५ लाख २१ हजार २२३ मध्ये हालसम्म २१ करोड १३ लाख १४ हजार ७८२ जना निको भइसकेको छन् । पछिल्लो २४ घण्टामा मात्र ४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा मात्र ७३ हजार, टर्कीमा ३२ हजार, बेलायतमा ३१ हजार, भारतमा २८ हजार ब्रा...
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय, समाचार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो । जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो । सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् । ...
अफगानिस्तानलाई सहयोग गर्न राष्टसंघले सहायता सम्मेलन गर्दै, ६० करोड डलर जुटाउने
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानलाई सहयोग गर्न राष्टसंघले सहायता सम्मेलन गर्दै, ६० करोड डलर जुटाउने

द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।  गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।  पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ । राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् ।  दातृ राष्ट्रह...
भारतमा थपिए ३१ हजार ३७४ संक्रमित, २१९ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३१ हजार ३७४ संक्रमित, २१९ संक्रमितको मृत्यु

भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ६३ हजार ५४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार ९३१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९०७ पुगेको छ ।...
भारतमा एकैदिन ३१ हजार संक्रमित थपिए, ३७ हजार निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३१ हजार संक्रमित थपिए, ३७ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४२ हजार ६ सय ८८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३१ हजार २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३२ लाख ३२ हजार १ सय ६८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड २३ लाख ९६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् । ...
करिब एक करोड अफगानी बालबालिकालाई मानवीय सहायता आवश्यक: यूनीसेफ
अन्तर्राष्ट्रिय, समाचार

करिब एक करोड अफगानी बालबालिकालाई मानवीय सहायता आवश्यक: यूनीसेफ

अफगानिस्तानमा करिब एक करोड बालबालिका मानवीय सहायताको अत्यधिक खाँचो भएको यूनीसेफले जनाएको छ। यूनीसेफका अफगानिस्तान प्रतिनिधि हर्वे लुडोभिक डे लाइसले यी बच्चाहरू स्वस्थ र सुरक्षित बाल्यकालको अधिकारबाट वञ्चित रहेको बताएका छन्। संयुक्त राष्ट्र बाल कोषका वरिष्ठ अधिकारीले यस संकटको लागि बालबालिकाहरूले ठूलो मूल्य चुकाइरहेको बताएका छन्। काबुलमा गत बिहीबारदेखि भएको श्रृंखलाबद्ध अत्याचारमा पनि थुप्रै बालबालिकाहरू मारिएका छन्। पछिल्लो एक वर्षको अवधिमा मात्र देशभर ५५० बालबालिका मारिएका छन् भने एक हजार चार सयभन्दा बढी घाइते भएका छन्। उनले द्वन्द्व र असुरक्षाका कारण बसिरहेका बालबालिकाहरूलाई पानीको पनि अभाव भएको छ। ‘अधिकांश बालबालिकाले पोलियोको खोप पनि पाउन सकेका छैनन्। पोलियो एउटा यस्तो रोग जसले बच्चालाई जीवनभरका लागि पक्षाघात गर्न सक्छ। धेरै कुपोषित छन् उनीहरू अस्पतालको ओछ्यानमा सुतिरह...
भारतमा थपिए ४३ हजार  ७२ संक्रमित, ४६२ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ४३ हजार ७२ संक्रमित, ४६२ संक्रमितको मृत्यु

भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ ।...