खेलकुद Archives - ग्यालेक्सी दैनिक
बुधबार, अशोज ३, २०८०

खेलकुद

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन
खेलकुद, समाचार

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो । संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ । त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्पिङ, प...
नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत
खेलकुद, समाचार

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत: कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
खेलकुद, समाचार

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वा...
पाहुना छ आयोजक छैन, विवादमा भलिबल संघ बागमती प्रदेशको अधिवेशन
खेलकुद, समाचार

पाहुना छ आयोजक छैन, विवादमा भलिबल संघ बागमती प्रदेशको अधिवेशन

काठमाडौं, असार १९ ग्यालेक्सी दैनिक गत असार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई रहेको भलिबल संघ बागमती प्रदेशको अधिबेशन तथा साधारणसभा बैधानिक छैन भन्दाभन्दै जवरजस्ती समुद्घाटन गरि बन्दसत्र शुरु भएको घोषणा गरेको थियोे । बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रुपमा आफ्नो अनुकुल र फाइदाका व्यक्ति मात्र राखेर बागमती प्रदेश भलिबल संघ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रुपमा जानू भएका भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल संघका उपाध्यक्ष दिपक थापाले आयोजक कमिटीको निर्णय उपर बिरोध गरेपछि सर्वसहमतिमा नयाँ कमिटी गठन गर्ने भनी दिन भरि छलफलको बहाना मात्र गरेर मध्य राति सम्पुर्ण प्रतिनिधिहरुलाई अलपत्र पारी बिहान १० बजे सम...
ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम
खेलकुद, समाचार

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले ...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन
खेलकुद, समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।...
जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण
खेलकुद, समाचार

जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण

धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङको भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीप प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण प...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै
खेलकुद, समाचार

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ...
नेपाल बक्सिङ संघलाई घरायसी संघका रुपमा सञ्चालन गरेको आरोप
खेलकुद, समाचार

नेपाल बक्सिङ संघलाई घरायसी संघका रुपमा सञ्चालन गरेको आरोप

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन्  । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ संघलाई पत्राचार समेत गरेको थियो । तर, कार्यक्रममा न खेलाडी सहभागी भए न त प्रशिक्षक नै । खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक बाउट जि...
मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार
खेलकुद, समाचार

मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ । पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो । आइतबार भएको खेलमा पीएसजी रेनससँग २-० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे । जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।...