Friday, November 20

खेलकुद

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन
खेलकुद, समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।...
जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण
खेलकुद, समाचार

जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण

धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङको भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीप प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण प...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै
खेलकुद, समाचार

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ...
नेपाल बक्सिङ संघलाई घरायसी संघका रुपमा सञ्चालन गरेको आरोप
खेलकुद, समाचार

नेपाल बक्सिङ संघलाई घरायसी संघका रुपमा सञ्चालन गरेको आरोप

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन्  । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ संघलाई पत्राचार समेत गरेको थियो । तर, कार्यक्रममा न खेलाडी सहभागी भए न त प्रशिक्षक नै । खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक बाउट जि...
मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार
खेलकुद, समाचार

मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ । पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो । आइतबार भएको खेलमा पीएसजी रेनससँग २-० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे । जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।...
नेपाल ओमानसँग पराजित
खेलकुद, समाचार

नेपाल ओमानसँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट...
डेब्यु खेलमै दुई गोल गरेर म्यानचेस्टरलाई जित दिलाए रोनाल्डोले
खेलकुद, समाचार

डेब्यु खेलमै दुई गोल गरेर म्यानचेस्टरलाई जित दिलाए रोनाल्डोले

शनिवार बेलुका इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । जित निकालेको छ । हालै युभेन्टस् बाट म्यानचेस्टरमा आएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत डेब्यु गरेका छन् । खेलमा रोनाल्डोले २ गोल गरे ।  खेलमा पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गरी म्यानचेस्टरलाई अग्रता दिलाए । त्यसपछि खेलको ५६ औं मिनेटमा न्युकासलका जाभिएर मान्किलोले गोल गरी बराबरीमा पुर्याए । त्यसपछि खेलको ६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गरे ।  त्यसपछि खेलको ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले र खेलको अन्तिम समयको दोस्रो मिनेटमा लिंगार्डले गोल गरी म्यानचेस्टरलाई सानदार जित दिलाए । जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंकसहित तालिकाको...
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
खेलकुद, समाचार

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ । पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् । पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए । आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला ...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
खेलकुद, समाचार

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेका हो । बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयो भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो । जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अं...
स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित
खेलकुद, समाचार

स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ गोलले पराजित गर्‍यो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए। जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै चौंथो स्थानमा छ । गेटाफेको यो लगातार तेस्रो हार हो ।...