गीतकार निरकमल खड्का(ममल)द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’(भिडियो)
काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।
लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी...