‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता छानिए
काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मोड...










