Friday, November 20

मनोरन्जन

गायिका सुमी पराजुलीले ल्याइन् ‘ढाँट्यो मायाले’(भिडियो )
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीले ल्याइन् ‘ढाँट्यो मायाले’(भिडियो )

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्।   शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन...
अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न
मनोरन्जन, समाचार

अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

काठमाडौं । अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर्चित ग...
‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ ।   जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ चलचित्र ‘आमाको मन’मा अभिनय गर्दै दर...
तृप्तिको स्वर, विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तृप्तिको स्वर, विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..’सार्वजनिक(भिडियो)

काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन ।   सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन । उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन । प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन । ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्रेतीले गरेकी हुन । पछिल्लो प...
क्यानडाको क्यालगरीमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’
मनोरन्जन, समाचार

क्यानडाको क्यालगरीमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

क्यानडा । हास्य, संगीत र समुदायको अनुपम समागम रहेको एक भव्य कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको क्यालगरीमा आयोजित ‘कमेडी रलाईभ दोहोरी साँझ’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो। मातृभूमि मेलोडी आर्टसको  आयोजनामा भएको यस कार्यक्रमले नेपाली समुदायबीच कला, संस्कृति, हास्य र आपसी सद्भावको प्रभावशाली प्रस्तुति दिएको थियो। कार्यक्रमको संयोजन र व्यवस्थापन रमेश अधिकारीको नेतृत्वमा सक्रिय स्वयंसेवक टिमद्वारा गरिएको थियो। प्रवेश व्यवस्थादेखि मञ्च व्यवस्थासम्म स्वयंसेवकहरूको भूमिका उल्लेखनीय रह्यो। फोहोर व्यवस्थापन, खाना तथा पेय समन्वय, लाइट र पानसको तयारी, सामाजिक सञ्जाल व्यवस्थापन लगायत सबै पक्ष योजनाबद्ध रूपमा अघि बढाइएको थियो। कार्यक्रमको उद्घाटन मित्रलाल सापकोटा र अदल कुमारी सापकोटाले दीप प्रज्वलन गरी गर्नुभयो। बालबालिकाद्वारा नेपाली राष्ट्रगान र ट्र्याक प्लेमार्फत क्यानाडेली राष्ट्रगान ...
‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै
मनोरन्जन, समाचार

‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् । प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक ...
मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न

काठमाडौं । मिस एण्ड मिसेस व्यूटिफुल दशौ सस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशेष आकर्षणको रुपमा विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेको सो ग्राण्ड अडिसन समारोह नया बानेश्वर स्थित मेट्रो रेष्ट्रोमा सम्पन्न उक्त अडिसनमा नेपाली चलचित्र क्षेत्रका नायक रमेश उप्रेती , उद्यमी एव र्‍याप एण्ड डाईभकी सँस्थापक रिता आचार्य, हाँस्य कलाकार एव निर्देशक गोपाल ढकाल ‘छन्दे’ , गत वर्षकी मिसेस व्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्का, लगायतको निणार्यक मण्डलको टिमले ईच्छुक सहभागीहरुको छनौट गरेका थिए । मिस तथा मिसेस विधामा गरि करिव २ दर्जन वढि ईच्छुक सहभागीहरुको अडिसनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एव दक्ष ईन्टरनेशनलका प्रमुख मुख टेकराज पाण्डेले जानकारी दिए । विवाहित तथा अविवाहित दुवैले सहभागीता लिन सक्ने र यस अडिसनमा छुट भएका सहभागीले दक्ष ईन्टरनेशनलको कार्याल...
युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा रहेको गीत ‘किन पीर मान्छौं सार्वजनिक भएको छ । युवराजकै शब्द तथा संगीत र कुमार थापाको एरेञ्ज/मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिवम पोखरेलले निर्देशन रहेको गीतको भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतको अभिनय छ । यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । माया-प्रेम भावमा झल्काउने यो गीत लोकलयमा रहेको छ । सुरज खनाल, राजु घलेले खिचेको गीतको भिडियोमा सरोज शाहीको दृश्य सम्पादन छ । गीतको भिडियोलाई गायक छन्त्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक(भिडियो)

काठमाडौं । टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय यसमा रहेको छ । ‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको अभिनय यसमा छ । आकाश मगरको गीत/संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ । यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, य...
सपना शर्मा (मिनु) कार्यकारी निर्मात्री रहेको ‘मन बिनाको धन’ को छायांकन सम्पन्न
मनोरन्जन, समाचार

सपना शर्मा (मिनु) कार्यकारी निर्मात्री रहेको ‘मन बिनाको धन’ को छायांकन सम्पन्न

काठमाडौं । ज्वलेरी व्यवसायी मिनु शर्मा ( सपना ) कार्यकारी निर्मात्री रहेको तथा टंक बुढाथोकीको निर्माण एवं निर्देशित फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ । फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायत वाल कलाकार साम्राज्ञी थापाको अभिनय रहेको छ...