Saturday, November 21

मनोरन्जन

ज्योतिष कर्म संगै सांगीतिक क्षेत्रमा जम्दै अनिल
मनोरन्जन, समाचार

ज्योतिष कर्म संगै सांगीतिक क्षेत्रमा जम्दै अनिल

काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल थापाको शब्द संगीतमा झन्डै दर्जन बढी गीत रेकर्ड भइ सकेको छ। बेला बेला उनि म्युजिक भिडियोमा पनि देखिने गरेका छन्। कलाका सबै विधामा रुचि राख्ने र निरन्तर लेख्न,संगीत गर्न र अभिनय गर्न उनि सक्रिय छन्। आफ्नो ज्योतिषी कर्मबाट केहि समय निकालेर नेपाली कला संगीतमा केहि गरौँ भन्ने जोशका साथ अलिक बर्ष अघि देखि नै उनि निरन्तर सक्रिय छन्। झन्डै दर्जन गीतमा उनले अभिनय पनि गरि सकेका छन्। गीतकार संगीतकार हुँदै यस क्षेत्रमा प्रवेश गरेका थापा आफुलाई अभिनयमा चिनाउन चाहन्छन्। उनको पहिलो रेकर्ड भएको गीत ‘म मरे पनि’हो जसमा उनकै शब्द संगीत तथा स्वर उनकै रहेको छ। उनको स्वरमा ‘यो देशमा जन...
एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा
मनोरन्जन, समाचार

एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा

काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ट्यालेन्ट राउण्ड राजधानीको एक कार्यक्रम वीच सम्पन्न भएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित प्रतियोगीहरुले लामो तालिम पश्चात आफुमा भएका प्रतिभा निणार्यक सामू प्रदर्शन गरिने यस राउण्डमा मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा र अनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र  माया बुढाथोकीले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । नायक गजित विष्ट,अभिनेता उत्तम केसी,गायिका प्रसन्न पाण्डे,कलाकार प्रेम पाण्डे,समाजसेवी शान्ता कुमारी तामागं,व्यबसायी अशोक कुमार तामागं,सौन्दर्यविद् ईन्दु कुमारी आचार्य निर्णायक मण्डलमा रह...
शम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)
मनोरन्जन, समाचार

शम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ । विश्वकै पहिलो रियालिटी शो प्रतिभाका डवलीको निर्माता निर्देशक समेत रहेका बास्कोटा नेपालकै पहिलो म्यूजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छन । नेपाली चलचित्र क्षेत्रमा हजारौं गीतहरुमा उनको संगीत श्रृजना र गायनले लाखौं करोडौं श्रोताहरुको मनमा सधैै वस्न सफल बांस्कोटा चलचित्र विकास वोर्डको पहिलो कार्यकारी समेत हुन । पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बास्कोटाको संगीतमा तयार भएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् । वरिष्ठ गीतकार किरण केसी क्रोधीको शब्द रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन् भने मनोहर सुनामले ...
‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुदै
मनोरन्जन, समाचार

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुदै

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्...
‘यो माया’मा नायक श्रीदेव भट्टराई (भिडियो)
मनोरन्जन, समाचार

‘यो माया’मा नायक श्रीदेव भट्टराई (भिडियो)

काठमाडौं । अभिनेता श्रीदेव  भट्टराईद्वारा अभिनित  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताप दास तथा श्रद्धा दियालीको स्वरको उक्त यूगल गीतको म्युजिक भिडियोमा अभिनेता भट्टराईलाई मोडल गीता ढुंगानाले साथ दिएकी छिन् । ‘यो माया’ बोल गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको हो । केशव भट्ट उक्त भिडियोका निर्देशक हुन् । दुई नयाँ फिल्महरु ‘कुईँनेटो’ तथा ‘चिठी’ को प्रदर्शनको पर्खाइमा रहेका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडलमा पर्छन् । कथावस्तु समेटिएका गीतका भिडियोमा अभिनय गरेर दर्शकको मन जित्दै आएका पछिल्लो समय भने रोमान्टिक गीतका भिडियोमा समेत उतिकै देखिन्छन। उनले अभिनय गरेका गीतहरुमध्ये हास्य शैलीको अञ्जु रानी मञ्जु रानी, भावुक शैलीको पीडा, रोमान्टिक गीत तिमी मेरो पूजा, नृत्यपरक गीत सुगर फ्री आदिले दर्शकको मन जितिसकेका छन् । अभिनेता भट्टराई नेपाल...
प्रमोदको ‘उर्वशी’मा नम्रता र सवित(भिडियो)
मनोरन्जन, समाचार

प्रमोदको ‘उर्वशी’मा नम्रता र सवित(भिडियो)

काठमाडौं । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘ओएसआर डिजिटल’बाट सार्वजनिक भएको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ । प्रमोद खरेलको स्वर रहेको ‘उर्वशी’ को भिडियोले ‘माया भनेको सवल मान्छेको मात्र हुदैन ‘भन्ने सन्देश दिएको छ । भक्तपुरमा गत साता एक कार्यक्रमको आयोजना गरि प्रिमियर शो मार्फत भिडियो वारे जानकारी दिइएको थियो । संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन । लामो समयदेखि चलचित्र ,म्यूजिक भिडियो ,टेलिचलचित्र,विज्ञापनहरु छायांकन गर्दै आईरहेका केसी निर्देशित थुप्रै भिडियोहरु सफल रहेका छन ।...
‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न

काठमाडौँ — एएनपी मिडिया हाउसको आयोजनामा बाह्रौँ संस्करणको ‘नेपाल्स लिटिल आईकन, २०२३’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जुनियर गर्ल्स’ सिनियर गर्ल्स, टीन गर्ल्स र बोईज समूहका मुख्य बिजेता घोषित भए । जुनियर गर्ल्सु समूहतर्फ आरोही लोहोनी, सिनियर गर्ल्स समूहतर्फ बिशेषता महत, टीन गर्ल्स समूहतर्फ मिनल केसी र बोईजु समूहतर्फ आयंश ज्ञवालीले प्रतियोगिताको शिर्ष ताज आफ्नो हातमा पार्न सफल भए। प्रतियोगिताको जुनियर गर्ल्सु तर्फ लोहनीले शिर्ष ताजसंगै विधागत तर्फको पब्लिक चोईस, मस्ट फोटोजेनिक र फेसबुक चोईस अवार्ड हात पार्दा फर्स्ट रनरअप रिजु सुनुवारले विधागत तर्फको मिस पर्फेक्ट अवार्ड आफ्नो पोल्टामा पारिन। त्यस्तै दिनिका पुडासैनीले सेकेन्ड रनर अपसंगै ब्यूटीफूल आईज, अंकिता मरासेनी थर्ड रनर अप र बेस्ट स्पीच, चाँदनी उप्रेती फोर्थ रनर अपसंग र मस्ट ...
नायिका अमिषा पटेलको हातबाट गायक म्याक्सलाई अवार्ड
मनोरन्जन, समाचार

नायिका अमिषा पटेलको हातबाट गायक म्याक्सलाई अवार्ड

गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा पूनः विज ग्ल्याम अवार्डसको दोश्रो संस्करणको अवार्ड हात पार्न सफल भएका छन । मुम्वईको होटल पेननसुला ग्राण्डमा आयोजित भव्य समारोहमा भारतकी चर्चित नायिका अमिषा पटेलको हातबाट उनले उक्त अवार्ड जितेका हुन । विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिएका म्याक्सले यस अघि ५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहमा दादा साहेब ईण्डियन टेलिभिजन अवार्डबाट समेत सम्मानित भईसकेका थिए । २०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ । उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए । लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै...
डिएस्ए स्टारको ग्राण्ड फिनाले सम्पन्न
मनोरन्जन, समाचार

डिएस्ए स्टारको ग्राण्ड फिनाले सम्पन्न

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा बालकुमारी स्थित म्युजिक सिटी हलमा माघ २८ गते डि एस् ए स्टार २०२३ सिजन-९ रको ग्राण्ड फिनाले सम्पन्न भएको छ । बरिस्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा नेपाल को पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राइ बाबा एजुकेश कनसल्टेन्सीका मह प्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल यकाडेमी को प्रिन्सिपल सुमन नगरकोटी थिए कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सि ई ओ सोनिया जि आरले बताउनु भयो । साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रका...
भारतिय अभिनेत्री अमिषा पटेलले दिईन नेपाली अभिनेत्री निुतलाई अवार्ड
मनोरन्जन, समाचार

भारतिय अभिनेत्री अमिषा पटेलले दिईन नेपाली अभिनेत्री निुतलाई अवार्ड

मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा विज ग्ल्यामअवार्डबाट सम्मानित भएका छिन्। भारतिय लोकप्रिय अभिनेत्री अमिषा पटेलको हातबाट उनले उक्त अवार्डको दोश्रो संस्करण हात पार्न सफल भएकी हुन । केहि समय अघि मात्रै मुम्बईमा नै भारतकै प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएकी कोईराला भारतमा नेपाली अभिनेत्रीको रुपमा चर्चा कमाईरहेकी छिन । विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री कोईरालालाई उक्त अवार्डबाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। यस अघि पनि थुप्रै भारतिय प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भईसकेकी कोईराला भारतमा धेरै सम्मानित हुने नेपाली अभिनेत्रीमा पर्छिन ।...