एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा - ग्यालेक्सी दैनिक
शुक्रबार, अशोज ५, २०८०

एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा


काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ट्यालेन्ट राउण्ड राजधानीको एक कार्यक्रम वीच सम्पन्न भएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित प्रतियोगीहरुले लामो तालिम पश्चात आफुमा भएका प्रतिभा निणार्यक सामू प्रदर्शन गरिने यस राउण्डमा मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा र अनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र  माया बुढाथोकीले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

नायक गजित विष्ट,अभिनेता उत्तम केसी,गायिका प्रसन्न पाण्डे,कलाकार प्रेम पाण्डे,समाजसेवी शान्ता कुमारी तामागं,व्यबसायी अशोक कुमार तामागं,सौन्दर्यविद् ईन्दु कुमारी आचार्य निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउने जानकारी आयोजक  मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुनेमा आफु विश्वस्त रहेको जानकारी उनले दिए ।
नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्युटिफुल’को ग्राण्ड फिनाले भने यहि चैत्र ४ गते नाचघरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *