Saturday, November 21

मनोरन्जन

सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’ सार्वजनिक(भिडियो)

द एस्सेंस ऑफ साउण्ड (धोनी को सार) संगीत ब्रमाण्डको भाषा हो,जुन मनमस्थिक संग जोडेको हुन्छ जसले सकारात्मक मार्गदर्शन देखाउछ।नेपालमा २०० वर्ष पुरानो इतिहास बोकेको बाधयन्त्र एसराज बाजा र छोटो समयमा नै अति धेरै लोकप्रिय भएको ह्यण्डप्यान ड्रम संग एक नौलो इन्स्ट्रुमेन्ट म्युजीक भिडियो द एस्सेंस ऑफ साउण्ड सुरज नेपालको आफ्नो युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ। एसराज बाजा बाधबादक सुरज नेपाल र ह्यण्डप्यान ड्रमर रोहित मानन्धर बीच को यस सांगेतिक सहकार्य नेपाली शास्त्रीय संगीत र पश्चिममेलि संगीतको घनिस्ट मेल मेलाप भेटिन्छ। द एस्सेंस ऑफ एक ध्यानत्मक संगीतको यात्रा हो, जसले भुगोलिक अबरोधहरु पार गर्छ र भित्रि आत्मालाई गहीराईबाट छुन्छ। गायक सुरेन्द्र श्रेष्ठको एरेन्ज रहेको यस म्युजीकमा सुरज नेपाल तथा रोहितको कम्पोज रहेको छ भने ,रेकर्ड सुर मेलोडी स्टुडियोमा र भिडियो निर्दैशन योवन शाक्यले गरेका छन्। ...
निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पाद...
गीतकार निरकमल खड्का(ममल)द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गीतकार निरकमल खड्का(ममल)द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’(भिडियो)

काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो । लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी...
गोर्खा वीच रिसोर्टमा ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’आयोजना हुदै
मनोरन्जन, समाचार

गोर्खा वीच रिसोर्टमा ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’आयोजना हुदै

द ग्रुप फोर क्रियसन र गोर्खा वीच रिसोर्टको संयुक्त आयोजनामा  ह्यापिनेस र्याफटिङ्ग फेस्टिवलको आयोजना हुने भएको छ । र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने उक्त कार्यक्रममा नेपाली लोक पहिचान झल्किने फेशन शो समेत हुने छ । नेपालका चर्चित डिजेका साथमा लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित गोर्खावीचमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए । नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक अविनाश पराजुलीले बताए । कार्यक्रमलाई म...
गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को गोदावरीमा छायांकन
मनोरन्जन, समाचार

गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को गोदावरीमा छायांकन

ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए । लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजा...
रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)
मनोरन्जन, समाचार

रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ ।...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनिय...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात्रीको...
मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने
मनोरन्जन, समाचार

मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने

लन्डन स्थित डोरचेस्टर होटलमा चार दिन सम्म चलेको सिसि फोरमको सम्मेलन भब्यरुपमा सप्पन्न भएको छ दिगो बिकासका लागि विस्वब्यापि लगानि गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन सिसि फोरम को ८ औ सस्करण अक्टोबर १७ देखि अक्टोबर २० सम्म चलेको थियो । उक्त सम्मेलनमा विस्वको थुप्रै देशबाट विभिन्न लगानिकर्ताहरुको उपस्थिति थियो उक्त सम्मेलनमा छिटैनै युरोप र यशियाका विभिन्न देशमा उडान सन्चालनमा ल्याउनको लागि तयारी गरिरहेको एरलाइन्स हिमालय जेटको निर्देशक दीपेन्द्र गुरुङको निमन्त्रणामा आएकि मिस वल्ड २०२२ को उपाधि जितेकि पोलाण्डकि २३ वर्षिया सुन्दरी क्यारोलिना बिलवस्काले आफु चाडैनै नेपाल आउने बताएकि हुन । नेपालको सुन्दरताको बारेमा धेरै नै सुनेको अनि हिमाल र गौतम बुद्ध को देशमा पुग्ने ठुलो रहर भएको बताएकि थिइन । उनको यो रहर लाइ नेपाल लगायत विभिन्न युरोप र यसियालि देशमा संचालन हुन लागेको हिमालय जेट ले पुरा गर...
रमेशको ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेशको ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक(भिडियो)

बहु प्रतिभाशाली गायक रमेश पाठकको नयाँ तिहार गीत सबैको रोजाइमा पर्न सफल भएको छ। पाठककै शब्द, स्वोर र संगीत रहेको “झिलिमिली तिहारै आयो” बोलको गीत केहि दिन अघी मात्र सार्वजनिक भएको थियो । पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको संगीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन बिजय कार्कीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन । नेपालीहरुको माहन चाड दिपावली नजिकदै गर्दा अहिले पाठकको “झिलिमिली तिहारै आयो” बोलको गीत एफ एम, टेलिभिजनहरुमा अत्याधिक बजिरहेको छ । त्यस्तै पछिल्लो समयमा चर्चित मोबाईल एप TIKTOK मा पनि पाठकको यो गीत अत्याधिक रुचाईएको छ । हुन त गायक रमेश पाठकका तीज गीत, दशै गीत प्राय सबै चर्चित छन । नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीत हरु धेरै बज्ने गर्दछन गायक पाठक सचेतना मुलक गीतमा पनि उत्तिकै...