Saturday, November 21

मनोरन्जन

सागर घिसिङ र नायिका मिना लामा फिचर्ड ‘तिम्रो साथ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सागर घिसिङ र नायिका मिना लामा फिचर्ड ‘तिम्रो साथ’ सार्वजनिक(भिडियो)

नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन् । नगरकोटको रमणिय दृश्यहरु समेटेर छायांकन गरेको  ‘तिम्रो साथ’ बोलको गीतको लाई दुई दिन लगाएर छायाँकन गरिएको थियो । गीतमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। कविन्द्र तामाङको शब्द तथा संगीत रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका हुन् । बिक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोलाई कोरियोग्राफर समेत रहेका अजय स्याङ्तानले निर्देशन गरेका हुन्।...
नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियोसहित)
मनोरन्जन, समाचार

नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियोसहित)

नेपालीहरूको महान् पर्व दशैँ विदाभएसँगै दोस्रो ठूलो चाड तिहार आउने तयारीमा छ । तिहार भन्दा वितिकै देउसी भैलोको चर्चा हुने गर्दछ । तिहारका गीत सङ्गीतको बेग्लै रौनक हुने गर्दछ । तिहारलाई लक्षित गर्दै नयाँ नयाँ गीत सार्वजनिक पनि हुन थालेका छन् । यही मेसोमा नारायण रिजालको निर्देशन र कोरियोग्राफिमा ‘तिहारै आयो झिलीमिली’ सार्वजनिक भएको छ । संजय तुमरुक र सब्बु केसी साथमा रवी केसीको स्वर, पदम साधना कुलुङको शब्द, विकास चौधरीको सङ्गीत सजय हमालको एरेञ्ज र शुशिल विक्रम शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा नारायण रिजाल, रेनुका रिजाल, रोशन बुढाथोकी, अजय थापा, प्रतिज्ञा भण्डारी, युनिशा रिजाल, हरिवंश पन्त, सुदर्शन भट्टराई, सम्पूर्ण श्रेष्ठ, गणेश कार्की, देवी खड्कालगायत लाई फिचरिङ गरिएको छ । शिव कैलाश कला मन्दिरको भिडियो प्रोडक्सन रहेको गीतको ...
गीतकारको रुपमा ख्याती कमाउदै मिश्र
मनोरन्जन, समाचार

गीतकारको रुपमा ख्याती कमाउदै मिश्र

गीतकार कुमार मिश्र २०५५-५६ देखि कविता, नाटक रूवाई हुँदै गीत लेखन थालेका सृजनशिल कलमजिबी हुन । २०५७ मा (शब्दको राइफल अक्षरका गोलि) नामक कविता बाट झापा जिल्ला साहित्य संघ बाट सम्मानित मिश्र गजल लेखन मा पनि उत्तिकै सकृय छन । उनका २०५७ -२०५९ सम्म हिमालय दर्पण, गर्खे पत्र र दार्जेलिँग क्रोनिकल बाट मासिक रुपमा गजल सङ्गै कविता र कथा छापिएका। २०६० सालमा इलामे साहित्य संघ द्वारा आयोजित गजल वाचन बाचनमा उनको शेष नागले लक्ष्मी बिष्णु किन डस्दैन गजलले सम्मान प्राप्त गरेको थियो । २०६४ साल देखि केहि रेकर्डिङ भएका गीतहरू बजारमा आउन थालेका मिश्रले २०७३ सालमा (सामिप्य) गजल एल्बम र २०७४ सालमा गीत गजल संग्रह (सम्बन्ध) नामक एकल एल्बम सार्बजनिक गरे । फुटकर रेकर्डिङ गरि ५०-६० गीत गजल सार्बजनिक गरेका गीतकार कुमार मिश्रको रोल नम्बर ७६ र सौभाग्य एल्बम रिलिज हुने तयारीमा छन । २०४० सालमा जन्मिएका मिश्रले हाइ स्कु...
रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड
मनोरन्जन, समाचार

रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

काठमाडौं । बडा दशैको शुभ अवसरमा दुबई आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसक...
सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)

गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो । आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।...
चर्चामा धिरेन शाक्य र सुमुना राई अभिनित‘नियालेर हेरुँ’(भिडियो)
मनोरन्जन, समाचार

चर्चामा धिरेन शाक्य र सुमुना राई अभिनित‘नियालेर हेरुँ’(भिडियो)

काठमाडौं । सदाबहार ह्याण्डसम नायक धिरेन शाक्य र सुमुना राई अभिनित रोमान्टिक आधुनिक गीत ‘नियालेर हेरुँ’को म्यूजिक भिडियो चलचित्र विकास वोर्डमा गत भदौ ३१ गते शुक्रबारको दिन भव्य रुपमा सार्वजनिक गरिएको छ । पोखराको सेरोफेरो अनि रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोका गीतकार कमल क्षेत्री, संगीतकार उत्तम जंग लिम्बु, एरेन्जर संजिव लिम्बु, गायक सत्यराज आचार्य र गायीका अनु चौधरी हुन् भने भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । उत्तम हुमागाँईको छायांकन, सुरेन्द्र शाहीको मेकअप, राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । सत्यस्वरुप ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट प्रशारण गरिएको उक्त गीतको निर्माण तथा प्रस्तुतकर्ता जस्मिन फिल्मस् रहेको छ । छोटो समयमै उक्त गीत धेरै दर्शकहरुको रोजाईमा परेको छ । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिड...
विश्व कीर्तिमानि गीतकार डा. डिआरको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानि गीतकार डा. डिआरको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

काठमाडौं- बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम । मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययाको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पणगरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क...
चलचित्र ‘नम्बरी सुन’को गीत रेकर्डिङ
मनोरन्जन, समाचार

चलचित्र ‘नम्बरी सुन’को गीत रेकर्डिङ

काठमाडौं । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुनलागेको `नम्बरी सुन´ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । प्रमोद खरेल लगायत अन्य गायक,गायिकाहरुको स्वरमा अन्य गीत रेकर्डिङ हुनेछन् । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिने छ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायाङ्कन गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजु गिरिले गर्ने छन् । चलचित्रको मुहर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहनेछन् ।...
गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डा.कृष्ण हरि बरालको शव्दमा तयार भएको गीत संगीत पनि गायक श्रेष्ठकै रहेको छ । जिवित जल्मीले एरेन्ज गरेको गीतको भिडियो गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवाद्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्न सफल गीत हो।...
‘पहाडको थुम्को’मा गायक सीताराम पोखरेल संगै अनु शाह(भिडियो)
मनोरन्जन, समाचार

‘पहाडको थुम्को’मा गायक सीताराम पोखरेल संगै अनु शाह(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकको यात्रा तय गरिसकेका गायक सीताराम पोखरेलको नयाँ गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । दसैंका अवसर पारेर सार्वजनिक गरिएको यो म्यूजिक भिडियो पोखरेलको २७ औं म्यूजिक भिडियो हो । भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ । समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् । रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास लिएका छन् ।...