Saturday, November 21

मनोरन्जन

आठौं नेशनल क्यापिटल अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

आठौं नेशनल क्यापिटल अवार्ड सम्पन्न

काठमाण्डौ असार १३  ग्यालेक्सी दैनिक  राजधानीमा एक समारोहका बीच आठौं नेशनल क्यापिटल अवार्ड २०७८ सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै मनोहर सुनामलाई दशकको संगीतकारको सम्मान प्रदान गरिएको थियो । त्यस्तै ३ दशकदेखि पत्रकारितामा कृयाशील पत्रकार सानुकाजी श्रेष्ठलाई पत्रकारिता रजत सम्मान प्रदान गरियो भने पत्रकार एमपी सुब्बालाई राष्ट्रिय पत्रकारिता सममान अर्पण गरियो । त्यस्तै गायक अमृत खाती र गायिका सीता केसीलाई राष्ट्रिय युवाप्रतिभा सम्मान प्रदान गरियो । विभिन्न विधामा अवार्ड प्राप्त गर्नेहरुको सूची – सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकार: पूजा मारिया(हातमा हात मिलाई) – सर्वोत्कृष्ट गायक पप गीत: म्याक्स नेपाल(तडप) – सर्वोत्कृष्ट पप संगीतकार: रिमेश कुमार(जोखौं माया) – सर्वोत्कृष्ट नवगायिका पप गीत: शान्ता खत...
नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण
मनोरन्जन, समाचार

नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेर...
डिजे घन्किने एलओडीमा शनिबार कुटुम्बको लोकधुन
मनोरन्जन, समाचार

डिजे घन्किने एलओडीमा शनिबार कुटुम्बको लोकधुन

काठमाण्डौ असार १०  ग्यालेक्सी दैनिक ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ । पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गरिनेछ । साे ब्यान्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारङ्गी, तुङ्ना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नो साङ्गीतिक समूहलाई अगाडि बढाइरहेका छन् । देशमा रहेका विभिन्न जातजातिले प्रयोग गर्ने उक्त बाजा कुटुम्बले प्रयोग गर्दै आइरहेका छन् । प्रायः जसो नेपालका माैलिक लोकप्रिय बाजा बजाएर बिश्वभर प्रचार प्रसार गर्नमा कुटुम्बकाे अतुलनीय याेगदान समेत रहेकाे छ । साे ब्यान्डमा राजु महर्जन अरुण मानन्धर, रुबिन श्रेष्ठ, राजु महर्जन, सिद्धार्...
जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,अवार्ड समारोह असार २३ मा
मनोरन्जन, समाचार

जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,अवार्ड समारोह असार २३ मा

काठमाडौं, असार १०  ग्यालेक्सी दैनिक काठमाडौं । दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयनको प्रमाण पत्र बिहिवार आयोजक संस्था जिनियस म्यूजिकको आफ्नो अफिसियल वेबसासाइट मार्फत सार्वजनिक तथा बितरण गरिएको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np बाट डाउनलोड गरेर प्रमाणपत्र प्राप्त गर्न सकिनेछ भने सक्कल प्रिन्ट प्रमाणपत्र प्राप्त गर्न संस्थाको कार्यालय अनामनगरमा सम्पर्क गरि लिन सकिनेछ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ को प्रमाण पत्र भोटिङ्ग कोड सहित सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका...
अम्बिका थापाको ‘सुगर फ्री’ सार्वजनिक
मनोरन्जन, समाचार

अम्बिका थापाको ‘सुगर फ्री’ सार्वजनिक

काठमाडौं, असार ९  ग्यालेक्सी दैनिक अम्बिका थापा निर्मित सुन्दर म्यजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘सुगर फ्रि’ गीतमा डि पि खनालको शब्द, युवा पुस्ताका चल्तिका संगतिकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ । मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी श्रीदेब भटराईको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, बिमला तमाङको मेकअप, दिपक सिंहको कोरियोग्रफी, बिकास ज्ञवालीको सम्पादन रहेको भिडियो संगीतकार राजेन्द्र बजगाईले निर्देशन गरेका हुन् । https://youtu.be/ClIMn97xcPU...
सांगीतिक संघले मनायो ‘विश्व संगीत दिवस तथा सांगीतिक सम्मान’
मनोरन्जन, समाचार

सांगीतिक संघले मनायो ‘विश्व संगीत दिवस तथा सांगीतिक सम्मान’

काठमाडौं, असार ८  ग्यालेक्सी दैनिक नेपाल सांगीतिक संघले काठमाडौंमा विश्व संगीत दिवसको अवसर पारेर कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । मुलुकका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरेको हो । कार्यक्रममा विशिष्ट योगदान पु¥याएका अमर स्रष्टाका स्मृतिमा स्थापना गरिएको पुरस्कार तथा सम्मान अन्तर्गत अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक मुरली धरलाई सम्मानित गरिएको थियो । त्यस्तै अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक कुमार बस्नेतलाई सम्मानित गरिएको थिय...
‘आरतीको शुभमुहुर्त’
मनोरन्जन, समाचार

‘आरतीको शुभमुहुर्त’

काठमाडौं, असार ७  ग्यालेक्सी दैनिक आज मंगलबार रौतहटमा नेपाली वेब सिरिज 'आरती'को शुभमुहुर्त गरिएको छ । रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको सिरिज आरतीमा आशिष दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहनेछ भने नितेश घतानको छाँयाकन रहनुका साथै हिक्मत शर्माको लेखन रहेको छ । यसमा अधिकांश नयाँ कलाकार राज पौडेल, गीता श्री,‌ नूतन, निशा गिरी, हरि कंडेल, खेमराज कोइराला, को अभिनय रहनुका साथै भोजपुरी कलाकारको पनि अभिनय रहनेछ । निर्देशक दास भन्छन् - वर्तमान समय अनुसार मेल खाने विषयवस्तुमा बन्न लागेको यो सिरज सायदै पहिलोपटक होला ।...
तेजविलास अधिकारीको ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
मनोरन्जन, समाचार

तेजविलास अधिकारीको ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

काठमाडौं, असार ७ | तेजनेपाल नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ । समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहूति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अगि बढ्न आफूहरु कटिबद्ध रहेको जनाएका छन् । उनले शुभकामना मन्तव्यमा लेखेका छन्, ‘२०६२/०६३ को जनआन्दोलनपछि साविकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ललितकला एवम् नाट्य–संगीत विधालाई छुट्टयाइ छुट्टाछुट्टै प्रति...
सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)
मनोरन्जन, समाचार

सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

सुरेन चन्द र प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ गीत सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा सङ्गीत, विश्व अधिकारीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल गरिमा शर्मा र प्रिन्स चौहानको अभिनय छ । भिडियोमा राधाको भूमिकामा देखिनुभएकी गरिमा कृष्ण बन्नुभएका प्रिन्सको जोडी राम्रो देखिएको छ । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ छ । ‘इनाक्छी इन्टरटेनमेन्ट’बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।...
सरोजको संगीत रहेको ‘पिडा’मा श्रीदेव र जेविका(भिडियो)
मनोरन्जन, समाचार

सरोजको संगीत रहेको ‘पिडा’मा श्रीदेव र जेविका(भिडियो)

लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको अडियो भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए । गीतकार सिताराम कोइराला रचित पिडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ । गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ । भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवे...