केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण
बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ह...










