बाल कलाको संवर्द्धनतर्फ ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको पहल : ‘फेस अफ जुनियर मोडल सिजन १’ सम्पन्न
ललितपुर- बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ।
काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ जना प्रतिभाशाली बालबालिकाहरूले सहभागिता जनाएका उक्त प्रतियोगितामा सहभागीहरूले विविध विधामा आफ्नो कौशल, प्रस्तुति र आत्मविश्वास देखाएका थिए। आकर्षक कोरियोग्राफी, सुव्यवस्थित व्यवस्थापन र मनमोहक प्रस्तुतिले कार्यक्रमको स्तर उच्च बनाएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्याल रहनुहुन्थ्यो। उहाँले ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले बालप्रतिभा अभिवृद्धि, आत्मविश्वास विकास र व्यावहारिक सीपको क्षेत्रमा पुर्याएको यो...










