Friday, November 20

मनोरन्जन

सोनाम निर्देशित निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सोनाम निर्देशित निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)

गायक निशान भट्राईको स्वरमा स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kVJGtAmpiPc चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ । उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ‘नढाटी भन तिमीमाया गर्छु भनीसँगै जुनी कटाउँलातिम्रै साथमा रमाउँलाधड्कीनु धड्कन बनीछातीमै निदाउँनु तिमी ।’यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा दर्ज भएको छ । https://youtu.be/hb4TadQenTw नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।...
रानी शाक्यको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रानी शाक्यको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/1Cx5SNBNn1A सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ । भुपेन्द्र लिम्बु तुम्बाहाफेको छायाँकन रहेको गीतको भिडियोमा शुसिल न्यौपानेको सम्पादन रहेको छ । गीतको भिडियो रानी शाक्यको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
गायिका सुमन श्रेष्ठ‘मुना’को नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सुमन श्रेष्ठ‘मुना’को नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)

गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा मुस्कान राजभण्डारीको अभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ । https://www.youtube.com/watch?v=Ns6XwIgqQ5o पुल्चोकमा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भिडियो सार्वजनिक कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठ, गायिका सुमन श्रेष्ठ नेवार,संगीतकार सुरेन्द्र श्रेष्ठ विशेष अतिथी तथा अतिथीहरु रहेका थिए । सार्वजनिक कार्यक्रम नवगायिका श्रेष्ठका पिता रामहरि श्रेष्ठको सभापतित्वमा भएको थियो । ...
अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग
मनोरन्जन, समाचार

अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

अभिनेत्री बसुन्धरा भुसालले चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन्। चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले स्वपहलमा संकलन गरेको तीन लाख २० हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन्। बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई सो रकम हस्तान्तरण गरिन्। कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपर्यन्त काजकिरियामा सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ। सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी हुन्। स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउने गरेकी छन्।...
निर्मल शर्मा ‘गैँडा’को निर्देशनमा ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने
मनोरन्जन, समाचार

निर्मल शर्मा ‘गैँडा’को निर्देशनमा ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने

चर्चित हाँस्य कलाकार निर्मल शर्मा गैँडाको निर्देशन रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको छ । म्युजिक नेपालको प्रस्तुती र हिमालय टेलिभिजको सहकार्यमा टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको हो । लामो समय देखी सक्रिय रहेका चर्चित कलाकारहरुको अभिनय रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट प्रशारण हुने छ । उक्त टेलिफिल्मलाई निर्मल शर्मासंगै कमल मैनालीले निर्देशन गरेका छन् । हाँस्य टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट हिमालय टेलिभिजनबाट हरेक बुधबार ८ बजे र म्युजिक नेपालको युटुब च्यानल त्यस्तै म.म. एपबाट समेत प्रशारण हुने छ । यस टेलिफिल्मको मुख्य भूमिकामा रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत रहेका छन् । सा...
मोडल अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’
मनोरन्जन, समाचार

मोडल अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’

मोडल अनुषुया न्यु मोडेल इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएकी छिन ।राजधानीमा सम्पन्न योङ्ग माईण्ड ईन्टरमेन्ट अवार्डमा ‘औंसी रातैमा’ बोलको म्यूजिक भिडियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी हुन । अवार्ड बितरण कार्यक्रममा अतिथीको रुपमा सहभागी भएकी बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अचानक न्यु इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मन्चमा बोलाइए पछि अचम्ममा परेकी थिईन । आयोजकलाई धन्यवाद दिदैं उनले भनिन, मेरो जिवनको यो पहिलो अवार्ड हो त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ ।उक्त कार्यक्रममा उनी सङै पल शाह,रेश्मा घिमिरे,निता ढुङाना,दुर्गेस थापा लगायतले पनि अवार्ड प्राप्त गरेका थिए।...
बालकको ‘मेरा रहरहरू’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

बालकको ‘मेरा रहरहरू’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक (भिडियो)

गीतकार बालक गुरुङको दुई गीत ‘मेरा रहरहरू’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीतकार गुरुङका दुई गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा गीतसँग सम्बन्धित कलाकारसँगै गीतलाई औपचारिक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले यी दुई गीतले आफ्नो ३० वर्षे गीतिलेखनको जवानीलाई सम्झाएको बताउनुभयो । https://youtu.be/qxjWIESM-a8 गीतकार संघकै हलमा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार बालक गुरुङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मुलुकमा भीडभाड गर्ने अवस्था नभएका कारणले पत्रकारहरू मात्र बोलाएर सार्वजनिक गरिएको बताउनुभयो । गीति लेखनको निरन्तरतामा आफ्ना दुई गीतलाई फरक तरिकाले ल्याएको बताउनुभयो । ‘मेरा रहरहरू’ मा धिरज राईको स्वर र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत ...
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक
मनोरन्जन, समाचार

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले विमोचन गर्नुभएको थियो । स्रष्टा माधव केसीको गीति स्रंगह पातै फररका बारेमा अथितिहरूले शुभकामना मन्तव्य राख्दै उहाँका गीत धेरै राम्रा भएको प्रतिक्रिया दिनुभएको थियो । गीतकार माधव केसीले सङ्कलन गरेका गीत ‘पातै फरर’ गीति सङ्ग्रह उहाँले विसं. २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् । कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तुले गीत तथा साहित्यको...
नायक संचित अभिनित ‘आँधी तुफान २’ को छायांकन सुरु
मनोरन्जन, समाचार

नायक संचित अभिनित ‘आँधी तुफान २’ को छायांकन सुरु

चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको छायांकन सक्काउने उद्देश्यले बिहीबारबाट ‘आँधी तुफान–२’ को सुटिङ सुरु भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् । मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ । सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई...