वरिष्ठ साहित्यकार पोषण पाण्डे द्वारा रचित कविताहरूको संग्रह “मेरी नैनी”को लोकार्पण कार्यक्रम
बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो । मन्तव्यको क्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो । मानवीय चेतनालाई जागृत गराउने खालका कविता लेख्ने पोषण पाण्डे एक स्वाभिमानी स्रष्टा रहनु भएको कुरामाथि प्रकाश पार्दै प्रमुख अतिथि रोचक घिमिरे ले समारोहलाई सम्बोधन गर्नु भएको थियो । पोषण पाण्डे तीर्थ सदनको उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको यस समारोहला...










