मिस ब्युटीफुलको उपाधी पूर्णिमा र मिसेज ब्युटीफुलको पवित्रालाई
दक्ष इन्टरनेशनल प्रा.लि.ले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस ब्युटीफुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ हुनुभएको छ । मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्ुब मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाउनुभएको छ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजीक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट र्याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट हुनुभएको छ ।
त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पं...
