Friday, November 20

मनोरन्जन

मिस एण्ड मिसेस व्यूटिफुलको आयोजना हुदै
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको आयोजना हुदै

 दक्ष ईन्टरनेशनल प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ । त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव था...
गायक नारायण बाबुको ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक नारायण बाबुको ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

गायक नारायण बाबुको स्वरमा रहेको गीत ‘तिम्रो शहर’मा सार्वजनिक भएको छ । रत्न गुरुङको शब्द रचना विक्रम थापाको सङ्गीत र विष्णु मान्नधरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/PUCMpE5XZJs जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रजनी के सी र दृश्य सुबेदीको अभिनय रहेको छ । लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ । दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ । https://youtu.be/i-Gd3g_x0FE झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडि...
तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ । https://youtu.be/YxRQJ7z42pw यो गीतको भिडियोलाई पनि दर्शकल...
प्रणय दिवसमा डीआरको ‘कफी लभ’
मनोरन्जन, समाचार

प्रणय दिवसमा डीआरको ‘कफी लभ’

गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे । उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे । आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो । आख्यानकार डा. उपाध्यायल...
युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)
मनोरन्जन, समाचार

युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)

झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन । दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ । वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । https://youtu.be/w0mGK16adD4 भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा
मनोरन्जन, समाचार

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले बुधबार पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । राजु गिरीको निर्देशन रहेको चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मीना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण गरेको चलचित्र हो ‘तिम्रो हुने कहिले’ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गरेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । चलचित्रमा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहको छ । काजिश श्रेष्ठ, सुनिता वस्नेतको कोरियोग्राफ, रामकृष्ण चौलागाईंको छायाँँकन, देव महर्जनको द्वन्द्व...
रन्जना कार्की लिखित साहित्यकार तथा गोबिन्द कंडेल ‘आंशु’ सम्पादित‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक
मनोरन्जन, समाचार

रन्जना कार्की लिखित साहित्यकार तथा गोबिन्द कंडेल ‘आंशु’ सम्पादित‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक

रन्जना कार्की द्वारा लिखित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक भएको छ। क्यानडामा बस्ने कार्कीले कोरोना महामारीले गर्दा आफू नेपाल आउँन नसकेकोले आफ्नै जन्मभूमिमा मातापितालाई आफ्नो प्रतिनिधित्व गराउँदै पुस्तक लोकार्पण गराएकी छन् । उक्त कार्यक्रममा कार्कीले जन्म दिनुहुने मेरा आदरणीय मातापिता र मेरो आफन्तजन साहित्य क्षेत्रका प्रखर व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा गौरवान्वित महसुस गर्दै उनले भनिन्, ‘एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवश्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ । मेरो लेखनको एक दशकपछि  यो पहिलो कृति (प्रेमको महासागर) उपन्यास मेरो पहिलो प्रयास सार्वजनिक गरेकी छु ।’ कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यकार गोबिन्द कँडेल आँसु, वरिष्ठ स...
चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । https://youtu.be/C6e2qBs744M गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीक...
लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

काठ्माण्डौ, लोकप्रिय गायक हेमन्त शर्माको स्वरले सुसज्जित ‘यस्तो बतास”को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई शशान कँडेलले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन । https://www.youtube.com/watch?fbclid=IwAR0TX8OYMhVkk6RCqivXz95ofYoRR7pmSOhNT6aGGVK-lcN_MajUYabhScs&v=ga6yFZszcmI&feature=youtu.be भिडियोमा सुरज खनालको छांयाकन रहेको छ भने सम्पादन बिकास दाहालको रहेको छ । गीतमा शुवास गौतको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा चांड सिंहको संगीत संयोजन रहेको छ । सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने दर्शकश्रोताले तथा सम्पूर्ण शुभचिन्तकले हेरेर माया गरिदिनु हुन निर्देशक शशान कँडेलले आग्रह पनि गरेका छन ।...