अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ
काठमाडौं -विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ जाने भएको छ । जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभूवन विश्वविद्यालय र अमेरिका कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयको वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो ।
मंगलबार काठमाडौं आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमक...