सत्ताको गोलचक्कर
-डा.डिआर उपाध्याय,
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ ।
आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन ।
आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् ।
यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ ।
आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् ।
आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ ।
अहिलेका ...