Friday, November 20

राजनीति

संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग
राजनीति, समाचार

संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यादेशमाफर्त संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर गरिएका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने संवैधानिक इजलासबाट अलग भएका छन् । शुक्रबार आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि पेशी तोकेका थिए । तर, बहसका क्रममा अधिवक्ता अर्यालले आफै सहभागी भएको बैठकले गरेका निर्णयविरुद्धको रिटमा प्रधान्यायाधीश राणाले आफै सुनुवाइ गर्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश राणाले ती रिटमाथिको सुनुवाइबाट आफू अलग हुने निर्णय लिएको सर्वोच्च स्रोतले जनाएको छ । शुक्रबारको संवैधानिक इजलासमा प्रधान्यायाधी राणाको भूमिकालाई लिएर अधिवक्ता अर्यालले प्रश्न उठाएपछि न्यायाधीशरुबीच छलफल भएको थियो । सो छलफलपछि प्रधानन्यायाधीश राणा ती रिटमाथिको इजलासबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् । प्रधानन्यायाधीशले...
भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री
राजनीति, समाचार

भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री

 एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले आजै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि त्यस पार्टीमा कति सांसद जाने भन्ने टुंगो भने लागेको छैन । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् । शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व प...
एमालेबाट माधब झलनाथको बिद्रोह
राजनीति, विचार, समाचार

एमालेबाट माधब झलनाथको बिद्रोह

-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...
सर्‍यो एमाले स्थायी कमिटी बैठक
राजनीति, समाचार

सर्‍यो एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । बैठकको आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए । यसअघि हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधव नेपालको साथ छाडेका नेताहरुबीच छलफल भएको थियो । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो । आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,रघुजी पन्तले पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन्। बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ । १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । असार २७ मा कार्यदलले तयार पारेको १० बुँद...
राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा
राजनीति, समाचार

राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा

-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्जन...
कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
राजनीति, समाचार

कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ मा राखिएको थियो । प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ । ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्...
युवाहरु नेतृत्वको दास बने
राजनीति, समाचार

युवाहरु नेतृत्वको दास बने

-डा.डिआर उपाध्याय, अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए । एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी ...
लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन
राजनीति, विचार, समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफै सत्तामा जाने दाउ नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र त...
मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउँछ – प्रचण्ड
राजनीति, समाचार

मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउँछ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने, “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।” उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरे । उनले भने, “पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र ...
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि पेश गरेका छन् । रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्न पेश भएको र दर्ताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारीसमा जारी गरेकी थिइन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ। अध्यादेश जारी भएसँगै निर्वाचन आयोगमा माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी...