राजनीतिक दल र तिनका नेताहरु प्रति जनताको वितृष्णा
-डा.डिआर उपाध्याय,
अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अबस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् ।
माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलक अलक हुँदा धेरै कमजोर देखिएका छन । कम्युनिष्टका नेताहरु पदका लागी फुटछन । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ । कम्युनिष्टहरु पट...









