Friday, November 20

राजनीति

नेकपा फुटेर होइन जुटेर जानुपर्छ
राजनीति, समाचार, समाज

नेकपा फुटेर होइन जुटेर जानुपर्छ

-डा.डिआर उपाध्याय, मुलुक यतिबेला राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । प्रतिनिधिसभा विघटन भएको छ । यसो हुनुमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थ हो । जसको परिणाम यो अवस्था सृजना भएको छ । तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयोे र मिलेरै चुनावमा जादा झण्डै दुईतिहाई बहुमत प्राप्त भई सरकार पनि बन्यो । सुरुवाती दिनमा जनता खुशि पनि भए । अहिले नेकपा दुई खेमामा बिभाजित हुँदा नेकपा संकटमा छ । र, नेकपाको यो गतिविधि देख्दा जनता निरास छन् ।जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा अवरोध खडा भएको छ । नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले नेकपा दुई खेमामा विभाजन भएको हो । नेकपालाई नेपाली जनताको जनसमर्थन रहँदारहँदै पनि नेकपा दुई खेमामा भई विभाजन हुनु मुलुकको लागि दुर्भाग्य हो । नेकपा भित्रको अ...
प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व
राजनीति, समाचार

प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

डा.डिआर उपाध्याय, हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनाइयो । यो प्रजातन्त्र दिवसको आफ्नै महत्व छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । त्यसकारण यस प्रजातन्त्र दिवसलाई विशेष रूपमा मनाउने गरिएको छ । यस अवसरमा नेपाल सरकारको निर्णयअनुसार राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँयो । देशमा पटक पटक राजनीतिक परिवर्तन भएका छन् । तर परिवर्तनबाट जनताले सोँचे बमोजिमका अपेक्षा पुरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ ,त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ ,तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्...
निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र
राजनीति, समाचार

निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र

निर्वाचन आयोगले निर्वाचनको विषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बोलाएको छ। सरकारले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि पहिलो पटक बोलाएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ११ बजेका लागि दलहरुलाई आयोगमा बोलाइएको जानकारी दिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको उनले बताए। दलहरुलाई छलफलका लागि बोलाउँदा नेकपाको विषयलाई लिएर भने आयोगलाई अलमल भएको छ। नेकपा अहिले दुई समूहमा क्रियाशील भएको तर विभाजनले औपचारिकता नपाएको बेला आयोगले पुरानै नेकपालाई पत्र लेखेको छ। आयोगका प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्षलाई सम्बोधन गरी पत्र पठाइएको बताए।...
रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन
राजनीति, समाचार

रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन

 नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो । झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही विषयमा सोधपुछ गर्नका लागि बोलाइएको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले पुष्टि गरे । झाँक्रीले गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक टिप्पणी गरेको भन्दै चर्को विरोध भएको थियो । झाँक्रीले गोरखामा भाषण गर्ने क्रममा ‘सेतो...
अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता
राजनीति, समाचार

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

-डा.डिआर उपाध्याय, यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सर...
भिडको राजनीति
राजनीति, समाचार

भिडको राजनीति

• डा.डिआर उपाध्याय, नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिष्प्रधा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् । देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्ष...
संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा
राजनीति, समाचार

संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा

संवैधानिक आयोगहरुमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। सभामुख सापकोटा संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
बन्द हड्तालको प्रभाव
राजनीति, समाचार

बन्द हड्तालको प्रभाव

डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई सम...
प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी
राजनीति, समाचार

प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ। आम अड्ताल सफल पार्न भन्दै नेताहरु सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। आन्दोलनमा होमिएका नेतालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ। विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन्। आशिंक रुपमा मोटरसाइकल संचालन भएका छन्। आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन्।...
अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ
राजनीति, समाचार

अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ

नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।...