एमाले पार्टीलाई ओलीले बनाए चलायमान
-डा.डिआर उपाध्याय,
नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ । उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ । ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ। उनको सवालअनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन ।
आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ। पार्टी उपाध्यक्ष डा भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम भ...



