विचार Archives - Page 6 of 6 - ग्यालेक्सी दैनिक
बिहिबार, बैशाख ६, २०८१

विचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन
राजनीति, विचार, समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफै सत्तामा जाने दाउ नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र ...
सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्
राजनीति, विचार, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि...
प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता
राजनीति, विचार, समाचार

प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता

– डा.डी.आर.उपाध्याय , प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन । अव उनले ढुक्कले सरकार संचालन गर्न सक्छन । यो उनका लागी ठूलो अवसर हो । जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन । मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो । तर राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो । नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो । तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन । चुनाव लगत्तै ओली र दाहाल मिलेर पाटी एकता पनि गरे । पाटीको नाम नेकपा राखे तर पाटी एकता लामो समय सम्म टिक्न सकेन । केपी ओलीलाई प्रधानमन्त्री बनाए । ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिला...
सच्चा राष्ट्रवादी नेताको खाँचो
राजनीति, विचार, समाचार

सच्चा राष्ट्रवादी नेताको खाँचो

डा.डिआर उपाध्याय, हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय...
कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन
राजनीति, विचार, समाचार

कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

-डा.डिआर उपाध्याय, लामो समय देखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक संकट तर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुदैन । तल्लो तहका नेता कार्यकर्ताहरु एमाले मिलेर गए हुन्थ्यो भनेका छन । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुदैन । यो कुरा ओली , माधवले बुझनु पर्छ । यदि समय छदै कुरा नबुझे भोली पछुताउनु बाहेक अरु केहि हुने छैन । पाटी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पाटी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पाटीहरु जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले ...