नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा
-डा.डिआर उपाध्याय,
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनि दायरामा आउनु पर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्धालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो ।
उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आबश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो । देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्धामा नाम जोडिनु भनेको आश्र्यको बिषय बनेको छ । रायमाझी अझै सम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्र...