Friday, November 20

शिक्षा

संयुक्त विद्यार्थी संगठनले गरे आन्दोलनका कार्यक्रमहरुको घोषणा
शिक्षा, समाचार

संयुक्त विद्यार्थी संगठनले गरे आन्दोलनका कार्यक्रमहरुको घोषणा

शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन ८ विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको परिप्रेक्षमा शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै ८ विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु घोसना गरेका छन् । विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतीदेखि ,क्याम्पसका पदाधिकारी सम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान सहित शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलाएन हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन को पनि माग गरेका छन् । त्यसतै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा निर्माण गरी अनिवार्य कार्यान्वयन गर्न पनि माग गर...
‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थीलाई ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा सम्मान
शिक्षा, समाचार

‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थीलाई ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा सम्मान

ग्लोबल कायस्थ कन्फेन्स (जिकेसी) नेपालले ‘यंग एचिभर’ र एसइईमात्र उत्कृष्ट नतिजा ल्याइ सफलता हासिल गरेका छात्रछात्राहरूलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो। कायस्थ समुदायबाट एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका छात्रछात्राका साथै अन्य क्षेत्रमा सफलता हासिल गरेका युवाहरूले जिकेसीले सम्मान गरेको हो। यस अवसरमा निजामति सेवामा अधिकृत पदमा नाम निकाल्न सफल मेघा कर्ण, मिस युनिभर्स नेपाल २०२३ की क्वालिफायर गाजल कर्ण र मिस पोपुलर नेपाल माही श्रीवास्तवलाई सम्मान गरिएको छ। त्यस्तै एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका इशा दत्त, नन्दीता कर्ण, लक्ष्यकुमार श्रीवास्तव, श्रेयस मल्लिक, हिमानी कर्णसहित १५ छात्रछात्रा सम्मानित भएका छन्। जिकेसी नेपालका अध्यक्ष डा.पुनम कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्...
रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा  शैक्षिक सामाग्री वितरण
शिक्षा, समाचार

रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

वीरगंज ,पर्सा । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र स्टेशनरी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थीलाई ब्याग तथा स्टेशनरी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन। कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव ...
विश्व किर्तिमानी सौगात विष्टले प्लस टुअध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज
शिक्षा, समाचार

विश्व किर्तिमानी सौगात विष्टले प्लस टुअध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए । मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर...
परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन ध्यानाकर्षण
शिक्षा, समाचार

परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन ध्यानाकर्षण

शैक्षिक परामर्श व्यवसायीले संघीय शिक्षा ऐनमा परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन माग गरेका छन्। बिहीबार नेपाल शैक्षिक परामर्शसंघ (ईक्यान) अध्यक्ष शेषराज भट्टराई, आईरिन अध्यक्ष हेमन्त भट्टराई, जालसान अध्यक्ष रमेश देवकाेटा,नेपाल युरोप विजनेश एसोसियसनका अध्यक्ष नारायण रेग्मि  लगायतकाे टोलीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई कार्यकक्षमै भेटेर संघीय शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रकाे विषय छलफल गरेर मात्र टुंगो लागउन माग गरेका हुन्। यसक्षेत्रलाई अझ व्यवस्थित गर्न यस व्यवसायलाई उद्योगको रुपमा स्विकार गरी छुट्टै ऐन मार्फत नियमन गर्न व्यवसायीले माग गरेका छन्। प्रस्तावित शिक्षा ऐन २०८० को दफा ६५ को उपदफा ०५ र ०६ का प्रावधानहरू व्यवसायको समग्र हित विपरित भएको इक्यानका महासचिव दीपकराज भुषालले बताए। उनले भने,‘परामर्श व्यवसायीसँग छलफल गरेर म...
समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण
शिक्षा, समाचार

समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

समाजसेवी मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले झापा जिल्लामा न्यून आय भएका एक हजार भन्दा वढि र पर्सा जिल्लाका ग्रामिण भेगका दलित र न्यून आय भएका ४०० भन्दा वढि विद्यार्थीहरुलाई नायक संजित भण्डारीको संयोजकत्वमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तराईका विभिन्न जिल्लाका विद्यालयमा पोशाक वितरण गरिएको उक्त कार्यक्रममा सखुवा प्रसौतीका मेयर यसवन्त यादव तथा सहयोगी संस्थाका प्रतिनिधिको रुपमा नायक संजित भण्डारी सहित स्वेता केसी,डिआर सिग्देल, सपना श्रेष्ठ, रक्षा घिमिरे,शंकर कार्की, अवी सुवेदी लगायतको उपस्थिती रहेको थियो । दलित वाल वालिकाहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्न वाध्य हुने गरेकाले यस्तो अवस्थामा त्यस्ता वाल वालवालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि तथा ...
एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ
शिक्षा, समाचार

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ

गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्। उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए। आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्। उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्। उनकी दिदी हाल गण्डकी मेडीकल ...
समाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
शिक्षा, समाचार

समाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ६ स्थित चण्डेश्वरी प्राथामिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । रन्जिता फाउण्डेशनले उक्त विद्यालयका २५ जना बालबालिकाहरुलाई स्कुल व्याग, पोशाक,कापी,कलम,फुटबल लगायत विविध सामाग्रीहरु वितरण गरेको हो । लामो समयदेखि समाजसेवामा सक्रिय रन्जिता गुरुङले व्यक्तिगत पहलमा गरिव निमुखाहरुका लागि आवास निर्माण देखि लिएर विभिन्न खाद्यान्न वितरण गर्दै आईरहेकी छिन । संस्थागत रुपमा संस्था दर्ता पश्चात पहिलो पटक रन्जिता फाउण्डेसन मार्फत उक्त विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी फाउण्डेशनका अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेका र थोरै भए पनि विद्यार्थीलाई उपयोगी सामाग्री सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नु भय...
युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न
शिक्षा, समाचार

युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही गत सोमबारदेखि शुक्रबारसम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ । कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यवसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुझ्ने अवसर पाउनेछन् ।...
कलाकार गोपाल ढकालको पहलमा रामेछापको सेतीदेवी विद्यालयमा शैक्षिक सामाग्री प्रदान
शिक्षा, समाचार

कलाकार गोपाल ढकालको पहलमा रामेछापको सेतीदेवी विद्यालयमा शैक्षिक सामाग्री प्रदान

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत करिव २०० भन्दा बढि विद्यार्थीहरुलाई स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सोही वडाका स्थायी वासीन्दा तथा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका युवा समाजसेवी गोपाल खड्काको पहलमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । मन्थली वडा नं.४ का वडा अध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गगन वहादुर श्रेष्ठको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच स्कूल व्याग,कापी लगायत खेलकुदका सामाग्रीहरु वितरण गरिएको थियो । खड्काकै सभापतित्वमा संचालित कार्यक्रमलाई संचारकर्मी सोनीतराज ढुंगेलले संचालन गरेका थिए भने लोकप्रिय हाँस्य कलाकार गोपाल ढकाल छन्देले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । विद्यालय व्यबस्थापन समितिका सदस्य प्रक...