समाचार Archives - ग्यालेक्सी दैनिक
मङ्लबार, चैत्र १४, २०७९

समाचार

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत
अर्थ/व्यापार, समाचार

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत

महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)
मनोरन्जन, समाचार

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्।...
मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त
अन्तर्राष्ट्रिय, समाचार

मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त

आचार्य प्रशान्तले  ऋषिकेशमा “काल” सम्बन्धी दुई दिने कार्यशालामा भक्तहरूले सोधेका प्रश्नहरूको जवाफ दिए। ऋषिकेशमा आयोजित दुईदिने कार्यशालामा प्रशान्त अद्वैत फाउन्डेसनका संस्थापक तथा पूर्व निजामती सेवा अधिकृत आचार्य प्रशान्तले ‘काल’ अर्थात् समयको वेदान्तिक व्याख्या दिएका थिए । उक्त कार्यशालामा भारतका विभिन्न राज्यका जिज्ञासुहरुको सहभागिता रहेको थियो । अनलाइन प्लेटफर्म मार्फत यस कार्यशालामा विश्वभरका धेरै खोजकर्ताहरूले भाग लिएका थिए। आचार्य प्रशान्तले समयको प्रवाहको विज्ञानलाई बुझ्नुपर्ने बताउनुभयो । सोच र समयको सम्बन्धलाई प्रष्ट देख्नुपर्छ, तब मात्र हामीले जीवनको सबैभन्दा बहुमूल्य स्रोत समयको सही सदुपयोग गर्न सक्नेछौं। आचार्य प्रशान्तले सही केन्द्रबाट उत्पन्न हुने कर्मलाई प्राथमिकता दिनु समयको व्यवस्थापनको निकै प्रभावकारी माध्यम भएको बताउनुभयो । उनले भने कि हामीसँग सीमित समय छ भनेर बिर्सन्...
ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका  प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण
अर्थ/व्यापार, समाचार

ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

काठमाडौं । राजधानीको एक कार्यक्रममा व्यबसायिक तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बौद्धको टुसालमा रहेको ग्रीनल्याण्ड होटल टे«निङ्ग सेन्टर तथा एसोसियट नेपाल सिनर्जीको संयुक्त आयोजनामा नेपाल सरकारको प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटीभिटी)को नेपाल सरकार इभेन्ट परियोजना दोश्रो अन्र्तगतको कन्टिनेन्टल कुकीङ्ग लेभल १ को करिव ६० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो । बौद्ध स्थित होटल यांग्रीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी तथा कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेल, ग्रीनल्याण्ड होटल टे«निङ्गका तालिम निर्देशक गोपाल तिमल्सिना,एसोसियट नेपाल सिनर्जीका प्रमुख दिपक राज भाट तथा ग्रीनल्याण्ड होटल टे«निङ्गकी प्रबन्ध निर्देशक निता केसी तथा प्रशिक्षक लोकमान तामाङ्गले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । सं...
सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
समाचार, समाज

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ल...
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित
समाचार, समाज

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित

काठमाडौं । मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवद्र्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन । सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोशलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामागंको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष...
मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई
मनोरन्जन, समाचार

मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई

काठमाडौं। एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड एम्बासडर र मेघा बिष्टले व्युटि विथ ब्रेनको उपाधी जित्न सफल रहे । आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रब्रित्ती, नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्प...
सत्ताको गोलचक्कर
राजनीति, विचार, समाचार

सत्ताको गोलचक्कर

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहिलेका ...
सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी
मनोरन्जन, समाचार

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वे...
एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न
मनोरन्जन, समाचार

एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

काठमाडौं । एएनपी मिडिया हाउसको आयोजनामा यस वर्षको लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा आयोजित भव्य समारोहकावीच लिटिल प्राईड अफ नेपालको ५ औं संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ हप्ताको नृत्य, गायन र अभिनय गरि फरक फरक ३ विधामा दक्ष प्रशिक्षकबाट तालिम प्राप्त गरि कार्यक्रमको फिनालेका दिन आ आफ्नो प्रस्तुती दिएका थिए । काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो । प्रतियोगीताको नृत्य तर्फ कोरियोग्राफीमा सन्दीप भुजेल, गायन तर्फ गायक कृष्ण भट्टराई र अभिनय तर्फ कलाकार नमुना दाहालले तालिम दिएका थिए । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालन गरेकी थिईन् । आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्य...