व्ल्याक बर्ड ईन्टरटेनमेन्टको आयोजनामा फेस अफ जुनियर मोडल दोश्रो संस्करणको ग्राण्ड फिनाले सम्पन्न
काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ जुनियर मोडलको दोश्रो संस्करण को भव्य ग्राण्ड फिनाले शुक्रबार काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ।
ठूलो संख्यामा उपस्थित दर्शक, अभिभावक, अतिथि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न फिनालेमा प्रतियोगी बालबालिका तथा युवाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र प्रस्तुति क्षमताको प्रभावशाली प्रदर्शन गरेका थिए।
बालबालिका तथा युवामा आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति कला र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरण विभिन्न आकर्षक प्रस्तुति, प्रतिस्पर्धात्मक चरण तथा सम्मान समारोहका साथ सम्पन्न भएको हो।
कार्यक्रममा चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन प्रख्...










