Monday, November 23

समाचार

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’सार्वजनिक (भिडियो)

वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको अन्तिम गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको अन्तिम गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक

काठमाण्डौँ, मंसिर २७  ग्यालेक्सी दैनिक गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजना छ । स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो । गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ । भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ । विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ । https://youtu.be/99qkNDh3ohM  ...
सहयात्री बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
विविध, समाचार

सहयात्री बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ, मंसिर २७  ग्यालेक्सी दैनिक पूर्व सहकारी मन्त्री पद्मा अर्यालले सहकारी संस्थाको क्रियाकलापमा साधारण सदस्यले चनाखो भएर हेर्नु पर्ने बताएकी छन् । कुनैपनि संस्थालाई अगाडि लैजान साधारण संस्थाको महत्वपुर्ण भुमिका रहने बताएकी अर्यालले संस्थाको सञ्चालक समितिलाई जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनु समेत साधारण सदस्यको कतब्र्य रहेको धारणा राखेकी छन् । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा प्रमुख आतिथिको रुपमा सहभागी पुर्व मन्त्री अर्यालले सहकारीको महत्वको बिषयमा चर्चा समेत गरेकी छन् । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र पुर्व मिस नेपाल सुगारिका के.सील उत्प्रेरणा र नेतृत्व विकास प्रशिक्षण समेत दिएको कार्यक्रममा सहकारकिा बालबचतकर्ता बालबालिकालाई गितार उपहार प्रदान गर्दै उत्कृष्ट सदस्यको रुपमा सम्मान समेत प्रदान गरिएको थियो...
बोष्टर मिडियाको नवौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
विविध, समाचार

बोष्टर मिडियाको नवौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ । नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए ।...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित
मनोरन्जन, विविध, समाचार

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग...
डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम
राष्ट्र, समाचार

डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम

डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन न्युज कार्यक्रम...
धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”
मनोरन्जन, समाचार

धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”

चलचित्र “प्रेमगन्ज”को धमाधम सम्पादन भइरहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा मत्रै दुईकरोड लगानी भएको चलचित्र ...
‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु
मनोरन्जन, समाचार

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवे...
जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण
खेलकुद, समाचार

जिवन गिरीको टिमले स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा भारतमा जित्यो २१ स्वर्ण

धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङको भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीप प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण प...