Monday, November 23

समाचार

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज...
नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल
अर्थ/व्यापार, समाचार

नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल

नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सुष्मा भण्डारी पौडेल चयन भएकी छिन् । संस्थाको दशौं बार्षिक साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष प्रेमचन्द्र लिम्बू, सचिव कमलबहादुर थापा, सहसचिव शिवराज पौडेल, कोषाध्यक्ष चन्द्रमणी कट्टेल रहेका छन् । त्यस्तै सदस्यहरुमा गोविन्द पौडेल, विदुर खनाल, शर्मिला भट्टराई, समिर धिमाल, दिपक पोखरेल, अनिता पुरी रहेका छन् । त्यस्तै गणेशप्रसाद पोखरेल संयोजक र नारायणप्रसाद पराजुली र कृष्णप्रसाद प्याकुरेल सदस्य रहेको लेखा समिति र प्रेमप्रसाद लिम्बू संयोजक रहेको ऋण उपसमिति गठन गरिएको छ । संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूल...
विश्व किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ । यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ । सो अवसरमा गायक तथ...
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सा...
ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै
राजनीति, विचार, समाचार

ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै

-डा.डिआर उपाध्याय, यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने भ...
गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित
मनोरन्जन, समाचार

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डौ, मंसिर १७ ग्यालेक्सी दैनिक गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च)बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपालका ‘हेभिवेट’ ...
सलोन र रुबिना अभिनित गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

सलोन र रुबिना अभिनित गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक

काठमाण्डौ, मंसिर १७ ग्यालेक्सी दैनिक नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन, सलोनले बताए । 'तिम्रो मायाले' बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ । भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन । बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन । भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने क...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै
खेलकुद, समाचार

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ...
एसराज, सुनिता र बिकासको ‘मशानघाट–२’ सार्वजनिक
मनोरन्जन, समाचार

एसराज, सुनिता र बिकासको ‘मशानघाट–२’ सार्वजनिक

काठमाण्डौ, मंसिर १६  ग्यालेक्सी दैनिक अभिनेता एसराज गराच पछिल्लो समय बेव सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरु बेला–बेलामा सार्वजनिक भैरहेका छन् । नृत्यमा पारंगत यी अभिनेताले अभिनय गरेका पिरती बस्यो, सुरिताको दिदी, पिरतीको लुडो आदि गीतहरु पछिल्लो समय टिकटकमा समेत भाइरल भएका छन् । यसैबीच केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीतको सिक्वेल अर्थात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झन...
मदन घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’
मनोरन्जन, समाचार

मदन घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’

काठमाण्डौ, मंसिर १५ ग्यालेक्सी दैनिक पछिल्लो समय चलचित्र निर्देशक मदन घिमिरे भिडियो निर्देशनमा ब्यस्त रहेका छन् । उनले एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा मंगलबार ‘कहिले घाम कहिले पानी’बोलको भिडियो सार्वजनिक गरेका छन् । गीतका रचनाकार पनि स्वयं निर्देशक घिमिरे नै हुन्न् । गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन मनोज मालेको रहेको छ । भिडियोमा नायक शितल के.सी. र पुष्पा लिम्बुले अभिनय गरेका छन । भिडियोमा रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/awYU10Exme0...