Tuesday, November 24

समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बता...
गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)
मनोरन्जन, समाचार

गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)

गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थीतिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा गीतको भिडियो सार्वजानिक गरिएको हो । यस युगल गीतका स्रष्टा गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृृथक शैलीमा प्रस्तुत गर्नुभएको छ । मौलिकपनको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन परेको प्रस्ताव राखी, लगनगाँठो ज...
विश्वभर एकैदिन थपिए ४ लाख ६४ हजार संक्रमित, ७ हजार मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर एकैदिन थपिए ४ लाख ६४ हजार संक्रमित, ७ हजार मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जनाको मृत्यु भएको छ । थपिने संख्या लगातार अमेरिकामा सबैभन्दा छ । जहाँ एक लाख १६ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा ३५ हजार ५७७, टर्कीमा २८ हजार ८७३, रुसमा २४ हजार ५२२, भारतमा २३ हजार ९१६ र ब्राजिलमा १८ हजार ५७८ जना संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ८२ हजार ३१६ जना संक्रमणमुक्त हुँदा बेलायतमा ३१ हजार, टर्कीमा २६ हजार, भारतमा २५ हजार, रुसमा १९ हजार बढी निको भएका छन् । अमेरिकामा मात्रै एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ८८७, ब्राजिलमा ४९२, भारतमा २३३, टर्कीमा २१०, बेलायतमा १२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । यससँगै विश्वभर कुल संक्रमितको संख्या साढे...
भारतमा एकैदिन २३ हजार ९ सय कोरोना संक्रमित थपिए, २ सय ३३ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन २३ हजार ९ सय कोरोना संक्रमित थपिए, २ सय ३३ को मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४८ हजार ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख ८९ हजार ३ सय ९८  पुगेको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ५६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड ३० लाख ६० हजार ९ सय ८० कोरोना संक्रमित निको भइसकेका छन् ।...
आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ?
मौसम, समाचार

आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ?

आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा  मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । उक्त स्थानहरूका पहाडी भू-...
दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो
अर्थ/व्यापार, समाचार

दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो

-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविकाक...
सन्दिप भट्टराईको शव्द संगितमा निशानको स्वरमा ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भट्टराईको शव्द संगितमा निशानको स्वरमा ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका हुन भने छायांकन उत्सव दाहालको छ । गीतकार समेत रहेका किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन । जया शर्माले क्रियटिभ निर्देशन गरेकि छिन् ।...
महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान
अन्तर्राष्ट्रिय, समाचार

महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् । तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिवन्ध लगाएको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् । विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न...
काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू
राष्ट्र, समाचार

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू

सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने-नगराउने आदेश जारी गरेको हो । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने यदी भौतिकरुपमै गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन आग्रह गरेका हुन् । प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न पनि आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ । होटल पा...
आगामी तीन दिनको मौसम : हल्कादेखि भारी वर्षाको सम्भावना
मौसम, समाचार

आगामी तीन दिनको मौसम : हल्कादेखि भारी वर्षाको सम्भावना

भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि (शनिवार) दिउँसो देशभर सामान्य बदली रही...