Tuesday, November 24

समाचार

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ । मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ । https://youtu.be/zr7GlDcsIT4 भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको र...
मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ?
राजनीति, समाचार

मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ?

-डा.डिआर उपाध्याय, मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेबाट पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर अहिले सम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ठूलो आलोचना खेप्नु परिरहेको छ । यो अवधिसम्म अपूर्ण सरकारले झण्डै दुइ महिना पार गरिसकेको छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा सरकारी काम कारवाही ठप्प छन । सरकार सुस्त गतिले हिडिरहेको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ? यसरी मुलुक बनाउन सकिदैन । देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष हो ।काम नै गर्न सकिदैन भने तत्कालीन ओली सरकारविरुद्ध किन पाँच दलीय गठबन्धन बनाएको ? सरकारलगायतका सबै कुराहरूमा प्याकेजमा सहमति गर्ने भनेको खै ? के जनताको आखाँमा छारो हाल्नलाई हो यो सव भएका्े ? होइन भने फटाफट काम गरेर देखाउनु पर्छ देउवा सरकारले सबै समस्याको समाधान दिने र सरकार ...
बाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’गीत (भिडियो)
मनोरन्जन, समाचार

बाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’गीत (भिडियो)

काठमाण्डौँ, भाद्र ३१ | ‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो । वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो । https://youtu.be/g835nu_In1g संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको र...
लिमा अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनित
अर्थ/व्यापार, समाचार

लिमा अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनित

मनमाेहन प्राविधिक विश्वविद्यालयले लिमा अधिकारीलाई सिनेट मेम्बर मनोनयन गरेको छ । विश्वविद्यालयले उनलाई व्यवसायी महिलाको कोटा अन्तर्गत सिनेटरमा मनोनयन गरेको हो । प्रदेश १ सरकारको छनौट पस्चात विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पाेखरेलले उनलाई सिनेटर अर्थात विश्वविद्यालय सभा सदस्यमा नियुक्त गरेका हुन । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन २०७६ को दफा ७ को उपदफा २, खण्ड २ बमोजिम उनलाई उक्त पदमा मनोनयन गरिएको हो । प्रदेश १ काे शैक्षिक धराेहरको रुपमा रहेको मनमाेहन प्राविधिक विश्वविद्यालय राष्ट्रकै प्रथम प्राविधिक विश्वविद्यालय हो । अधिकारी नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव हुन । ....
राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम
समाचार, समाज

राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प रो...
दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने
समाचार

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । मुद्रा व्यवस्थापन विभागले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्रको हकमा असोज ४ गतेदेखि सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण हुने जनाएको हो । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयबाट नयाँ नोट साँट्न सकिने जनाइएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउने गरेको छ । नयाँ नोट साँट्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत राष्ट्र बैकले अनुरोध गरेको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण...
राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार
मनोरन्जन, समाचार

राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार

बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले चार्जशीट फाइल गरेको हो । १५ सय पृष्ठको यो चार्जशीटमा ४३ साक्षीको नाम राखिएको छ । यो सूचीमा शिल्पा र शर्लिन चोपडाको नाम पनि छ । गत जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्राञ्चको टिमले शिल्पाको घरमा गहन सोधपुछ पछि उनका पति राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजमाथि अश्लील फिल्मको कारोबारसँग जोडिएको आरोप लगाएको छ । चार्जशीटमा यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव र राज कुन्द्राको भाउजू प्रदीप बख्शीको पनि नाम छ । श्रीवास्तव सिंगापुर र प्रदीप लण्डनमा बस्छन् । शिल्पासँगको बयानमा उनले भाउजू प्रदीपलाई सबै घटनाको दोषी मानेकी थिइन् । यो मामलाको अनुसन्धानको समयमा राजको ल्यापटपबाट मुम्बई क्राइम ब्राञ्चले ६८ एडल्ट फिल्म भेटेको थियो । यसबाहेक राजले आइफोनबाट आफ्नो आई क्लाउड एकाउण्ट हटाएका थिए । तर ब्राञ्चले आइक्लाउडलाई रिकभर गरेको...
शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे
अर्थ/व्यापार, समाचार

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ ।...
१७६० कोरोना संक्रमित थपिए, ७ को मृत्यु
विशेष, समाचार

१७६० कोरोना संक्रमित थपिए, ७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ५२४ जनाको पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।...
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय, समाचार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो । जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो । सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् । ...