विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण
विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ ।
यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी न...










