Monday, November 23

समाचार

मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाको जित
खेलकुद, समाचार

मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेका छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ गोलले पराजित गरेको हो ।  घरेलु मैदान क्याम्प नोउमा भएको उक्त खेलमा बार्सिलोनाले सजिलै जित निकाल्यो । लिओनेल मेसीले क्लब छाडेपछि बार्सिलोना पहिला पटक मैदान उत्रिएको हो । उक्त खेलको १९ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिममा र ५९ औं मिनेटमा बार्सिलोनाका ब्रेथवेटले गोल गरे । त्यसपछि ८२ औं मिनेटमा सोसीडाडका लोबेटेले गोल गरे । त्यसको तीन मिनेटमा नै मिकेल ओयाराज्बालले गोल गरे ।  खेलको अन्तिम समयमा सर्जी रोबर्टोले गोल गरी बार्सिलोनालाई जित दिलाए । जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ...
गानीले देश छाडेपछि अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
अन्तर्राष्ट्रिय, समाचार

गानीले देश छाडेपछि अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

विद्रोही संगठन तालिवानले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहले देश छाडेपछि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको बीबीसीमा जनाइएको छ ।  विद्रोही संगठन तालिवानले धम्की दिएपछि गनीले देश छाडेका हुन् । उनले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिदै देश छाडेका थिए ।  काबुल प्रबेश गरेको तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेको छ । काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको छ ।...
प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

सोमबार देशभर सामान्य देखी पूर्ण बदली रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।...
भारतमा थपिए ३३ हजार संक्रमित, ४२१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३३ हजार संक्रमित, ४२१ संक्रमितको मृत्यु

भारतमा थप ३३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार २२१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख २५ हजार १७५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८९ हजार ५४२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४२१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार ६७४ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज साउन ३२ गते सोमबारको राशिफल
रोचक, समाचार

आज साउन ३२ गते सोमबारको राशिफल

आज २०७८ साउन ३२ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ती होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजन...
सरकारले अझै पाउन सकेन पूर्णता
राजनीति, समाचार

सरकारले अझै पाउन सकेन पूर्णता

-डा.डिआर उपाध्याय, गठबन्धनको चर्को आलोचना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनु पर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानु पर्छ । आउँदो चुनाव सम्म मिलेर जादा देशलाई फाइदा नै हुने छ । नेकपा एमाले सहितका बिपक्षी दलहरुलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ। ‘एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो । ...
‘कमेडी च्याम्पियन २’ छाड्दै ऋचा शर्मा
मनोरन्जन, समाचार

‘कमेडी च्याम्पियन २’ छाड्दै ऋचा शर्मा

चर्चित रियालिटी सो 'कमेडी च्याम्पियन २'को की निर्णायक ऋचा शर्माले शो छाड्ने भएकी छिन् । आफुले शो छाड्ने बारे अभिनेत्री ऋचाले शोमा नै जानकारी गराएकी हुन् ।  उनले आफु आमा बन्न लागेकोले शोको निर्णायकबाट आफु बाहिरिन लागेको बताएकी छिन् । उनले डाक्टरले दिएको सल्लाह अनुसार उनले शो छाड्ने बताएकी छिन् । उनी सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।  यस्तै निर्देशक विशाल भण्डारीका अनुसार आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा रहनेछैनिन् । अहिले कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । ‘कमेडी च्याम्पियन २’मा अहिलेसम्म सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकमा छन् ।...
अफगानी राष्ट्रपति घानीले देश छोडे
अन्तर्राष्ट्रिय, समाचार

अफगानी राष्ट्रपति घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो । राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए। यता, तालिवानले  शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ । द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् । उनले तालिवानले इस्लामिक सरकार चाहेको प...
थप २२१२ मा कोरोना संक्रमण, ३३ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २२१२ मा कोरोना संक्रमण, ३३ को मृत्यु

गत २४ घण्टामा नेपालमा १२ हजार १०६ जनाको परीक्षण गर्दा २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ८६७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १९ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार २९८ जना रहेका छन् ।...