Monday, November 23

समाचार

सरकारको प्रभावकारिता बढ्न सकेन
राजनीति, विशेष, समाचार

सरकारको प्रभावकारिता बढ्न सकेन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ । नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्...
बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

विभिन्न गित संगितका म्युजिक भिडियोहरु निक्लिने क्रममा गायक बुद्ध लामा र शशिकला मोक्तानको आवाजमा स्वर बद्ध तामाङ सेलो नेपालि भाषाको गित ‘बौद्ध पिपल बोट’को म्युजिक भिडियो हालै मात्र जिग्मे मेडिया मार्फत बजारमा आएको छ । https://www.youtube.com/watch?v=Bu25TL1UDtA प्रबिन लामा र निरन्जली लामा अभिनित यस भिडियो मा छांयाक्न धन योन्जन तामाङ,सम्पादन माधन बेल्बासे, श्रींगार अरुणा घिमिरे ,नृत्य निर्देशक विशाल खड्गी को रहेको छ । नगरकोट को रमणिय बुद्ध पार्कमा छायांकन गरिएको यस गितका रचनाकार सन्ध्या सुस्केरा मोक्तान र संगित संयोजन सानू बाबू घिसिङको रहेको छ । भिडियो लाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।...
चलचित्र ‘कुईनेटो’को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को टिजर सार्वजनिक

सुदुरपश्चिममा छायांकन गरिएको फिल्म ‘कुइनेटो’को टिजर सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा माधवराज खरेलको लेखन र निर्देशन छ । कमला जोशी निर्माता रहेको फिल्मको टिजरमा माया, प्रेम, समर्पण,सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ । फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसी आदि कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ । कोभिडको अवस्थामा सामान्य भएपछि रिलिज गरिने निर्देशक खरेलले जनाए । https://www.youtube.com/watch?v=pNObsdJkIk8...
कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै गृह मन्त्रालय गरायो सचेत
विशेष, समाचार

कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै गृह मन्त्रालय गरायो सचेत

 सरकारले  बढ्दो कोभिड–१९ संक्रमितको अवस्थालाई मध्यनजर गर्दै  पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सुचिकृत गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाक...
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक
मनोरन्जन, समाचार

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल...
नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट
मनोरन्जन, समाचार

नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ । फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ । यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् । यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला थाप...
चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, न...
गत २४ घण्टामा थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु

गत २४ घण्टामा नेपालमा १८ हजार ५८२ जनाको परीक्षण गर्दा ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ११८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार ८८४ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ७९८ जना रहेका छन् ।...
घरघरमै गएर कोरोना खोप लगाइदिन सर्वाेच्च अदालतको आदेश
राजनीति, समाचार

घरघरमै गएर कोरोना खोप लगाइदिन सर्वाेच्च अदालतको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकसहितलाई घरघरमै गएर कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।...
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ। सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ। सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। दैनिक रुपमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो। अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमितहरु मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकार...