Monday, November 23

समाचार

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर
राजनीति, समाचार

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

-डा.डिआर उपाध्याय, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ । देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ । राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्व...
मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

काठमाडौ, ‘मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे । २०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो । राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे । सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनला...
‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको भिडियो एम 3 मिडिया नेपालको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=NUAe1OG4OEU बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।...
‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक...
एमी र जर्जको सम्बन्ध संकटमा
मनोरन्जन, समाचार

एमी र जर्जको सम्बन्ध संकटमा

बलिउडकी सुन्दर अभिनेत्री एमी ज्याक्सन र उनको हुनेवाला श्रीमान जर्ज पानायिटूको सम्बन्धमा खटपट भएको छ । केही दिन यता एमीले आफ्नो इन्स्टाग्राम एकाउण्टबाट जर्जसँग आफ्ना सबै तस्वीर हटाएपछि उनीहरुबीच खटपट भएको खुलेको हो । यद्यपि मिडियामा यो जोडीको ‘ब्रेकअप’को भएको चर्चा चलेपनि जोडीले आफूहरुको सम्बन्धको बारेमा केही बोलेका छैनन् । एमी जर्जसँग सन् २०१५ बाट सम्बन्धमा थिइन् । सन् २०१९ को जनवरीमा जर्जले एमीलाई जाम्बियामा प्रपोज गरेकी थिइन् । तीन महिनापछि एमीले आफ्नो सामाजिक सञ्जालबाट आफू जर्जको सन्तानको आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । एमीले सन् २०१९ को मे महिनामा जर्जसँग आफ्नो इन्गेजमेन्टको तस्वीर शेयर गरेकी थिइन् । त्यही वर्षको सेप्टेम्बरमा एमीले छोरा एन्ड्रियासलाई जन्म दिएकी थिइन् । एमी र जर्जले छोराको जन्मपछि फोटो शेयर गर्दै आफ्नो खुशी फ्यानसँग बाडेका थिए । ‘हामी दुवै आफ्नो सन्...
मानुषी लघुवित्तको आईपीओ खुल्दै
अर्थ/व्यापार, समाचार

मानुषी लघुवित्तको आईपीओ खुल्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ । मानुषीले सर्वसाधारणका लागि ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  यसका अलवा ५ हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाइएकोे छ । आईपीओका लागि यही साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । ...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको छ।   सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थीर रही तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान
मौसम, समाचार

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

 मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । देशभर हाल सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १, वाग्मती, गण्डकीसहितका अन्य प्रदेशमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा र राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।...
भारतमा थप ३० हजार संक्रमित, ४१५ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३० हजार संक्रमित, ४१५ संक्रमितको मृत्यु

भारतमा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार १२५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ३९ हजार ७६४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ३०६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ४१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २१ हजार ४११ पुगेको छ ।...
आज २०७८ साउन १२ मंगलबारको राशिफल
समाचार

आज २०७८ साउन १२ मंगलबारको राशिफल

 ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ । बृष विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । मिथुन आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भ...