Monday, November 23

समाचार

गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा २२३७ मा कोरोना संक्रमण, थप १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २६५ परीक्षण गर्दा ६९८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।...
कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा नियुक्त
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा नियुक्त

फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ। उहाँलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। संस्थाको छैठौँ वार्षिकोत्सव को उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमका बिच अश्विनी झालाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उहाँको शिप, दक्षता तथा ल...
विकासका लागि राजनीतिक स्थिरता
राजनीति, समाचार

विकासका लागि राजनीतिक स्थिरता

-डा.डिआर उपाध्याय, नेपालको राजनीति सहि बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश बिकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सवै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरुमा इच्छा शक्तिको मात्र खाँचो छ । दलहरु देश बिकासका लागी सत्ता स्वार्थको राजनीति छाडेर जानु पर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश बिकास गर्न सकिन्न । देश बिकास गर्न दलहरु एक आपसमा मिल्नु पर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केहि गर्छु भनेर मात्र हुदैन । देश बिकासका लागी सवै भन्दा पहिला भष्टाचार अन्त्य हुनु पर्छ । भ्रष्टाचार हुने देशमा बिकास हुन कठिन हुन्छ । भष्टाचार देश बिकासको बाधक हो । कर्मचारी देखि नेता मन्त्री सम्म भष्टाचारी भए पछि कसरी देशको बिकास हुन्छ ? यो नै ...
आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन
समाचार

आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

कोरोना भाइरसको महामारीले साढे दुई महिना बन्द भएका मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि लामो तथा मध्यम दूरीका यातायात सञ्चालनमा आएका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार ला...
गुरुजनप्रति सम्मान प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै
समाचार

गुरुजनप्रति सम्मान प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।गुरु पूर्णिमाका अ...
भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु

भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।...
प्रदिप तरुण विभाग डेनमार्क शाखा प्रमुख
राजनीति, समाचार

प्रदिप तरुण विभाग डेनमार्क शाखा प्रमुख

नेपाली कांग्रेसको तरुण विभागले काभ्रेका प्रदिप तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।लामो समयदेखि डेनमार्कमा बस्दै आएका तिवारीलाई साउन ४ गते डेनमार्कको शाखा प्रमुखको जिम्मेवारी तोकिएको हो । तरुण विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी दिएका हुन ।डेनमार्कमा बस्ने तरुण युवाहरु जो लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्छन् उहाँलाई समेट्न अनुरोध गरेको छ ।आगामी दिनमा डेनमार्कमा बस्ने नेपाली कांग्रेसका सुभेच्छुकलाई समेटेर नेपाली कांग्रेस तरुण विभागको पार्टिको नीति नियम ईमान्दारीका साथ पालना गर्दै सक्रिय भएर तरुणहरुको हितका लागि काम गर्ने तिवारीले बताए ।...
प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)

सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विबसता राजनीतिक परिघटना र वैदेशिक हस्तछेपले हाम्रो समाजमा नराम्रो असर पारेकाे छ त्यसमा पनि विषेश गरि नारीहरु यसकाे प्रत्यक्ष मारमा छन् । यिनै कथा ब्यथा हरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भनेर यश गितबाट सकरात्मक सन्देश गितमा दिन खाेजियकाे छ। पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् । https://youtu.be/8QT1EpmGdds बराहाताल मुभि हाउसकाे ब्यानरमा निर्मित भिडियाेमा छायांकन अर्जुन सापकाेटा काे रहेकाे छ भने संपादन तथा रंग संयाेजन ...
‘जिम्माल बा को छोरो’ इन्दिरा र रमेशको आवाजमा
मनोरन्जन, समाचार

‘जिम्माल बा को छोरो’ इन्दिरा र रमेशको आवाजमा

गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बाको छोरो’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र भीमबहादुर श्रेष्ठको संगीत रहेको छ । भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्ध थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ । ‘नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ’, गीतकार सापकोटाले बताए, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ । ...
चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो
समाचार

चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो

चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान आज दिउँसो आइपुगेको हो । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको खोप ल्याइएको हो । यसअघि गत असार २५ गते ८ लाख डोज ल्याइएको थियो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप खोप लिन आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ । बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप खरिद गरेको हो । अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।...