Monday, November 23

समाचार

नियमित अन्तरराष्ट्रिय  उडान सुरु गर्ने सरकारको निर्णय, सातामा ५३ उडान सम्म
समाचार

नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय, सातामा ५३ उडान सम्म

सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ ।...
पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति
राजनीति, समाचार

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ । सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए ।  उनले लगभग सहमतिमा पुगेको जानकारी दिए । कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।...
गीतकार तथा समाजसेवी यसु थापाले दिईन ‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी
अर्थ/व्यापार, समाचार

गीतकार तथा समाजसेवी यसु थापाले दिईन ‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

लामो समयदेखि बेल्जियममा  बस्दै आएकी यसोदा थापा(यसु)ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् । उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको मा...
एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँने छलफल
राजनीति, समाचार

एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँने छलफल

नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन छलफल भइरहेको छ । कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा सहमतिको मस्यौदामा छलफलमा जुटिरहेका छन् । बैठकबाट मस्यौदामा दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिने गृहकार्य भइरहेको जानकारी जानकारी आएको छ। कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने र आजै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी आएको छ। पार्टीको एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने छ। एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सकेको छैन ।...
थप २२३९ मा कोरोना संक्रमण, १३१६ निको
विशेष, समाचार

थप २२३९ मा कोरोना संक्रमण, १३१६ निको

गत २४ घण्टामा नेपालमा २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ परीक्षण गर्दा ७६० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।...
बाढी, पहिरोका कारण ५१ जनाको मृत्यु, २९ बेपत्ता
समाचार

बाढी, पहिरोका कारण ५१ जनाको मृत्यु, २९ बेपत्ता

मनसुन सक्रिय भय सँगै देशका बिभिन्न ठाउँहरुमा बाढि पहिरोका घटनाहरु बढ्न थालेका छन् | यो सँगै दर्जनौ मानिसहरुको मृत्‍यु तथा करोडौको धन सम्पत्ति नस्ट भएका खबरहरु बिभिन्न संचार माध्यमा आइरहेका छन् | प्रहरी प्रधान कार्यलयको ऐलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने मृत्‍यु हुनेको सङ्ख्या ५१ पुगेको छ | जसमा २६ पुरुष, १५ महिला, १० बालबालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन/तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई/दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेको स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा...
अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या
मनोरन्जन, समाचार

अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् । प्रहरिले अहिले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको जनाइएको छ । प्रहरीले जेनीको मृत्युको कारण डिप्रेशन रहेको हुनसक्ने बताएको छ । कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।उनी फिल्म ‘घायल’ र ‘हलचल’ की निर्मात्री पनि हुन् ।...
चीनबाट ८ लाख डोज खोप आइपुग्यो
समाचार

चीनबाट ८ लाख डोज खोप आइपुग्यो

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​ चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो। निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप ल्याइएसँगै अर्को हप्तादेखि लगाउन शुरु गरिने छ ।...
एमाले एकतामा सकस
राजनीति, समाचार

एमाले एकतामा सकस

डा.डिआर उपाध्याय, नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ । ओली, माधव बीच करा मिल्दा बित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ ।माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन भन्ने पक्षमा छन । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहान्छन । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव...
विवादित विषय  समाधानका लागि एमाले कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

विवादित विषय समाधानका लागि एमाले कार्यदलको बैठक बस्दै

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् । अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् । नेता घनश्याम भुसालले  भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’ कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले भने छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले विवाद निष्कर्षमा पुर्‍याउनका जोड गरिरहेको ब...