Saturday, November 21

समाचार

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन
राजनीति, समाचार

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन

आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता भएको छ । बैद्यले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने जनाएका हुन् । उनले भने, मविरुद्ध मुद्दा दर्ता भैसकेको छ । म यो मुद्दा किनारा नलागेसम्म बोल्दिन् । एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो ९शनिबार० को ब...
निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार
राजनीति, समाचार

निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो । एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको ज...
काठमाडौंका यी अस्पतालमा आज र भोलि भेरोसेल खोप लगाइँने
समाचार

काठमाडौंका यी अस्पतालमा आज र भोलि भेरोसेल खोप लगाइँने

काठमाडौं महानगरपालिकाले आजदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । सूचना जारी गर्दै काठमाडौं महानगरले भेरोसेल खोप लगाइने बारे जानकारी दिएको छ ।  महानगरले भेरोसेल खोप आज र भोलि ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको हो । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो तर खोप अभाव भएपछि स्थगित गरिएको थियो ।  महानगरका अनुसार खोप विहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पतालमा लगाइनेछ । ...
बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा
राजनीति, समाचार

बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा

-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा...
पाकिस्तानमा भारी वर्षासँगै हुरी, १० को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानमा भारी वर्षासँगै हुरी, १० को मृत्यु

पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए । यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ । पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाक...
संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट
राजनीति, समाचार

संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट

संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट दायर गरेका हुन् । रिटमा अध्यादेशमार्फत संवैधानिक परिषदले नियुक्ति सिफारिश गर्नु संविधान विपरित हुने जिकिर गरिएको छ । २६ वैशाखमा संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग, समावेशी आयोगका अध्यक्षसहित विभिन्न निकायमा नियुक्तिको सिफारिश गरेको थियो । उनीहरुको नियुक्तिका लागि मार्ग खोल्न संसदीय सुनुवाई समितिमा नाम दर्ता गरिएकोमा प्रतिनिधि सभा विघटनले स्वतः नियुक्ति हुने अवस्था बनेको छ । सुनुवाई समितिमा दर्ता भएको मितिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुने प्रावधान छ ।...
निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो
विविध, समाचार

निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो

काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । के के खुल्नेछन् ? यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो । त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ । होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका ...
अधिकांशमा भिटामिन ‘डी’ कमी
समाचार, स्वास्थ्य

अधिकांशमा भिटामिन ‘डी’ कमी

निषेधाज्ञाका कारण अधिकांश नेपाली घरभित्रै सीमित छौं। कोरोना भाइरसबाट संक्रमितहरू पनि धेरै घरमै आइसोलेसनमा बसेका छन्। घामसँग साक्षात्कार हुन पाइरहेको छैन। यसले शरीरमा कतै भिटामिन ‘डी’को कमी त भइरहेको छैन ? चिकित्सकीय भाषामा ‘भिटामिन डी डिफिसेन्सी’ भनिने यो समस्याले प्रायःलाई प्रभावित पारिरहेको डाक्टरहरू बताउँछन्। वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्रा.डा. गणेश गुरुङका अनुसार बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई भिटामिन ‘डी’को कमी हुन सक्छ। ‘बालबालिकामा हड्डीको विकास नहुने वा बांगिने समस्या देखापर्छ’, प्रा. डा. गुरुङ भन्छन्, ‘प्रौढहरूमा मांसपेशी एवं जोर्नीमा दुखाइ र नसा तथा मांसपेशीमा समस्या हुने फ्रयाक्चरको समस्या देखिन सक्छ। थकान महसुस हुन्छ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार यो नेपालको मात्र नभई विश्वकै साझा समस्या हो। ‍‍स्पा...
गत २४ घण्टामा २ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको
समाचार, स्वास्थ्य

गत २४ घण्टामा २ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको

गत २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।...
काठमाडौंमा आइतबार  ६५३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौंमा आइतबार ६५३ जनामा कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५८, ललितपुरमा ११२ र काठमाडौंमा ४८३ गरी ६५३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।...