नयाँ सरकार गठन हुँदै गण्डकी प्रदेशमा
बिहीबार भएको गण्डकी प्रदेश अधिवेशनमा मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि विपक्षी गठबन्धनका लागि नयाँ सरकार गठनको बाटो खुलेको छ।
६० प्रदेशसभा सदस्य रहेको उक्त प्रदेशमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। एक स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थिति भएभने जनमोर्चाले कारबाही गरेका अर्का सांसद कृष्ण थापा तटस्थ बसेका थिए।
नयाँ सरकार गठन गर्न आवश्यक मत संख्या भनेको ३१ हो। विपक्षी गठबन्धनका लागि मनाङेको मत निर्णायक देखिन्छ। अहिलेको अवस्थामा गठबन्धनको पक्षमा स्पष्ट बहुमत नदेखिएपनि पृथ्वीसुब्बा गुरुङको सरकारमा रहेका युवा तथा खेलकुद मन्त्रीरहेका मनाङे मतदानमा सहभागी नहुनु र बिहीबार राति नै मन्त्री पदबाट राजीनामा दिनुले गठबन्धनलाई नयाँ सरकार बनाउन सहज बनाएको छ।
संंवैधानिक व्यवस्था अनुसार अब धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि सो प्रदे...










