Saturday, November 21

समाचार

बरिष्ठ मेकअप आर्टीस्ट टेकराज पाण्डेको संयोजकत्वमा सौन्दर्य व्यबसायीको भर्चूअल मिटिङ्ग सम्पन्न
अर्थ/व्यापार, समाचार

बरिष्ठ मेकअप आर्टीस्ट टेकराज पाण्डेको संयोजकत्वमा सौन्दर्य व्यबसायीको भर्चूअल मिटिङ्ग सम्पन्न

कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्ने...
थप ६ हजार ८ सय जनामा कोरोना पुष्टि, ५ हजार ९ सय निको
समाचार, स्वास्थ्य

थप ६ हजार ८ सय जनामा कोरोना पुष्टि, ५ हजार ९ सय निको

बिहिबार नेपालमा ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १८ हजार ५६२ पीसीआर र ३ हजार २११ एन्टीजेन परिक्षणमा क्रमशः ५ हजार ८२५ र एक हजार जना गरी ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये ४ लाख ६७ हजार ४६७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ७५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ७ हजार ६३० जनाको मृत्यु भएको छ । यस्तै देशभर ८३१ जना क्वारेन्टिनमा रहेका छन ।...
डब्लुएचओद्वारा नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस नदेखिएको  स्पष्ट
समाचार

डब्लुएचओद्वारा नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस नदेखिएको स्पष्ट

विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो । अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल भेरियन्ट भनी खबर प्रकाशित हुन थालेपछि डब्लुएचओले नेपालमा अहिले फैलिएको भाइरस अन्यत्र पनि फैलिइरहेको डेल्टा (बी.१.६१७.२) नाम दिइएको कोरोना भाइरसको भ्यारियन्ट रहेको उल्लेख गरेको छ । डब्लुएचओले हाल विश्वभर तीन प्रकारका कोरोना भाइरस पुष्टि भएको जनाएको छ । जुन अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । नेपालमा दोस्रो प्रकारको भाइरस फैलिइरहेको छ ।...
विश्वभर १५ करोड ५२ लाख कोरोना संक्रमित निको भए
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर १५ करोड ५२ लाख कोरोना संक्रमित निको भए

विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।   कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २४ लाख २७ हजार ५ सय ९४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६ हजार ५ सय ७८ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा १५ करोड ५२ लाख ८४ हजार ४ सय ९९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ११ हजार २० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४१ लाख ५४ हजार ३ सय ५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७९ लाख ८६ हजार ५ सय ११ कोरोना संक्रमित निको भइसकेका छन् ।  त्यस्तै ब्र...
निषेधाज्ञामा पनि घटेन कर्जा प्रवाह
अर्थ/व्यापार, समाचार

निषेधाज्ञामा पनि घटेन कर्जा प्रवाह

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढ्दो क्रममा सरकारले गरेको निषेधाज्ञाबीच पनि बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह घटेको छैन । निषेधाज्ञाका कारण बैङ्कहरूका अधिकांश शाखा बन्द रहे पनि कर्जा प्रवाह भने सुस्ताएको छैन । नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार जेठको सुरुदेखि नै बैङ्कहरूको कर्जा लगानी १५ अर्ब रुपियाँले बढेको छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा भएयता बैङ्कहरूको कर्जा लगानी ३४ अर्ब रुपियाँले बढेको छ । निषेधाज्ञामै बैङ्कहरूले औसतमा एक अर्ब बढी कर्जा लगानी गर्दै आएका छन् ।निषेधाज्ञा अघिको तुलनामा बैङ्कहरूको निक्षेप र कर्जा केही सुस्ताएको भए पनि गत वर्ष जस्तो ठप्प भने नभएको एसोसिएसनले जनाएको छ । गत वर्ष बन्दाबन्दी सुरु भएदेखि बैङ्कहरूको कर्जा लगानी निकै कम भएको थियो । जसले गर्दा बैङ्कहरूमा लगानीयोग्य रकम अधिक मात्रामा थुप्रिएको थियो । बैङ्कहरूमा यो वर्ष निक्षेप सङ्कलन पनि बढ्न स...
१२ सम्म पाठ्यपुस्तक निःशुल्क
शिक्षा, समाचार

१२ सम्म पाठ्यपुस्तक निःशुल्क

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी र्दिए। जनक शिक्षाले हाल कक्षा ११ का ...
सङ्क्रमण घटाउन निषेधाज्ञा प्रभावकारी
समाचार

सङ्क्रमण घटाउन निषेधाज्ञा प्रभावकारी

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताउनुभयो । तर उहाँहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराउनुभयो । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ । जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ ज...
यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय
राजनीति, समाचार

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय

यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन । उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ। खुल्...
वीरगंजमा ब्ल्याक फंगस संक्रमणका कारण ३ जनाको ज्यान गयो
समाचार

वीरगंजमा ब्ल्याक फंगस संक्रमणका कारण ३ जनाको ज्यान गयो

ब्ल्याक फंगस संक्रमणबाट वीरगंजमा ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगंज महानगरपालिका-२७ अलौंकी ६५ वर्षीया महिला, बारा घर भई विरगञ्‍ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज-१३ का ६७ वर्षीय पुरुष रहेका छन् ।उनीहरुको ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणका कारण उपचारको क्रममा ज्यान गएको हो । वीरगंजमा हालसम्म ८ जनामा ब्ल्याक फंगस संक्रमण फेला परेको छ । ८ जना मध्ये ३ जनाको मृत्यु भएको हो भने ५ जना संक्रमितलाई उपचारको लागि भारत पठाइएको जनाइएको छ । ब्ल्याक फंगस संक्रमितको उपचार नेपालमा सम्भव नभएकोले उनीहरुलाई भारत उपचारको लागि पठाइएको हो । उनीहरूको उपचार पटना र लखनउमा भइरहेको जनाइएको छ । ...
७ हजार २१९ जना डिस्चार्ज, ५ हजार ३१६ संक्रमित थपिए
समाचार, स्वास्थ्य

७ हजार २१९ जना डिस्चार्ज, ५ हजार ३१६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपमाल सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।...