Saturday, November 21

समाचार

योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् । निकै छोटो अवधिमा नै ‘त्यो पर्दैन’ गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ । https://youtu.be/xMfMSYEJIAI वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् । वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।...
यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?
राजनीति, समाचार

यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?

-डा.डिआर उपाध्याय, देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलीय तर दुख्खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछकी भन्ने आम जनतामा केही अपेक्षा थियो । तर जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैन । आज देशमा जुन व्यवस्था छ , यो ब्यवस्थामा जनताको भाग्य र भविश्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविश्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविश्य बन्ने देखिदैन । मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ । व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविश्य किन निर्माण हुन सकेन ? आज उठने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र...
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने
मनोरन्जन, समाचार

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् । इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् ।  उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।   फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फ...
२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।...
दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालद्वारा माग
राजनीति, समाचार

दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालद्वारा माग

नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् । आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका हुन् ।नेपालले कम्युनिस्ट आन्दोलनमा अविचलित रही बढ्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भण्डारीले प्रतिवादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुन कसैलाई नभएको समेत बताएका छन् । ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षल...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।...
महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता
राजनीति, समाचार

महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता

डा.डिआर उपाध्याय, केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अघि अघिका कार्यकाल भन्दा यो कार्यकाल धेरै चुनौतिपूर्ण छ। किन भने अहिले देशका सामु जटिल परिस्थिति उत्पन्न भएको छ । कोरोना दोस्रो लहरको प्रवेशले नेपाललाई सकस बनाईरहेको छ । यस्तो बेलामा फेरि प्रधानमन्त्री नियुक्त हुनु भएका ओली सामु अवसर भन्दा धेरै चुनौतिका चाङ तेर्सिएका छन । ओलीले यो चुनौतिलाई कसरी पार लगाएर अघि बढनु हुन्छ त्यो भने चासोको बिषय बनेको छ । अहिले जसले जे भने पनि उहाँका सामु असहज बाटो तेर्सिएको छ । अहिले उहाँका काँधमा जिम्मेवारी र जवाफदेहिताको बोझ थपिएको छ । यतिबेला कोरोना संक्रमणको महामारीले जनता आक्रान्त छन । बिरामीहरु समयमा उपचार नपाएर शैयामा छट्पटाइरहेका छन् । अहिले संकटमा छ हाम्रो देशको अवस्था । हरेक हिसावले हामी संकट तर्फ छौ । समयमा उपचार नपाएर धेरै बिरामीको ज्यान समेत गएको छ । देश भरीका ...
योगेश तथा अन्जुको स्वरमा ‘पिरतीको झरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

योगेश तथा अन्जुको स्वरमा ‘पिरतीको झरी’ सार्वजनिक(भिडियो)

अन्जु पन्त तथा योगेश काजीको स्वरमा पिरतीको झरी को भिडियो सार्वजनिक भएको छ । वाईटिएच यूट्यूब च्यानल मार्फत सार्वजनिक भिडियोको गीतलाई पुरुषोत्तम ढुंगेलले शव्द रचना गरेका हुन भने संगित तथा ऐरेन्ज पनि स्वयं योगेशले नै गरेका छन । भिडियोमा मोडल गरिमा शर्मा र बिक्रम पोखरेल फिचर्ड रहेका छन । https://www.youtube.com/watch?v=lsC0quiSEtw मोहन कुमार खत्री कार्यकारी निर्माता तथा सन्तोष पराजुली निर्माता रहेको भिडियोलाई भुपेन्द्र गुरुङ्गले कोरियोग्राफी तथा निर्देशन र उमेश थापाले सहनिर्देशन गरेका छन । बन्दे प्रसादले सम्पादन गरेको भिडियोलाई रोनिष तामाङ्गले छायांकन गरेका हुन ।पछिल्लो पटक लगातार एक माथी एक चर्चित गीतहरु सार्वजनिक भएका गायक योगेशकाजी संगितवद्ध ठुलो बजेटका चलचित्रहरु आउने तयारीमा रहेका छन ।...
२४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८७ को मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।  मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ । ...
कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो:डब्लूएचओ
समाचार, स्वास्थ्य

कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो:डब्लूएचओ

कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन्। भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ। त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन्।’ डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ। नेपालमा यतिबेला दैनिक ८ हजार ५ सयभन्दा बढी संक्रमित थपिरहेका छन्। सोही अवधिमा यहाँ सयभन्दा बढीको ज्यान गइरहेको छ। पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरुले कोरोना सं...