Friday, November 20

समाचार

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै
समाचार, स्वास्थ्य

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

मार्च २०  मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि  मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् । वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ ।...
एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !
अर्थ/व्यापार, समाचार

एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !

धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे। भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ। सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर...
बेलायतमा कोरोनाबाट  मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो

बेलायतमा महामारी शुरु भएयता कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप १०१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।  यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार २६ पुगेको छ । आज सार्वजनिक तथ्याँक विगतका केहि शुक्रबारको तुलनामा निकै कम रहेको अधिकारीहरुले बताएका छन् ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ८५ हजार ६८४ पुगेको छ ।  बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।  हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार ५४४ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८७९ रहेको स्वास...
महिलाहरुको अस्मिता माथि किन खेलवाड ?
समाचार, समाज

महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

डा.डिआर उपाध्याय, देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नैत...
रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
राजनीति, समाचार

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

 अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।...
डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार
मनोरन्जन, समाचार

डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो । अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् । गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थापा...
बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ
अपराध, समाचार

बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत् लाखौं रुपैयाँ लिएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुल्न आएको छ। लालसरी २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुट...
स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता
अर्थ/व्यापार, समाचार

स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता

डा.डिआर उपाध्याय, देशमा बेरोजगारी समस्या दिनौं बढदै गएको छ । यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ । यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ । हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिले सम्म पनि नेपालको ...
जेठमा आउँदै ‘चोर र पुलिस’
मनोरन्जन, समाचार

जेठमा आउँदै ‘चोर र पुलिस’

आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो । दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । चलचित्र...
प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो । कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ । https://www.youtube.com/watch?v=Evn70uvt_cw एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् ।...