भागरथी भट्टको हत्यारा सार्वजनिक
डा.डिआर उपाध्याय
पीडित परिवारले न्याय पाउने आशा बलात्कारका घटना दिन प्रतिदिन बढदै जानु हाम्रो समाजको अगाडी तेर्सिएको गम्भिर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन । बास्तविक दो्षिलाई पक्राउ गर्न कठिन पनि भएको छ ।हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनु पर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन समस्या यो हो ।
बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या,सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्य...
