विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान
काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन ।
उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल न...










