Saturday, November 21

समाचार

एसके ईन्टरटेनमेन्टको आयोजनामा मिसेस तामाङ सम्पन्न
मनोरन्जन, समाचार

एसके ईन्टरटेनमेन्टको आयोजनामा मिसेस तामाङ सम्पन्न

‘मिसेस तामाङ २०२३’को ताज सरिता तामाङले जितेकी छिन् । शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीपसमेतको उपाधि जितिन् । बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो साता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको थियो भने ग्राण्ड फाइनल कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा गत शुक्रबार राष्ट्रिय नाचघरमा सफलतापूर्वक सम्पन्न भएको थियो । अन्तिम प्रतिश्पर्धाको बिजेता छनौटका लागि निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनि...
काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)

काव्य आचार्यको स्वरमा रहेको तीज गीत ‘सम्झ्यौ कि आमाले…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ । आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ । काव्यकै शब्द, संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ । रामकुमार केसीको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर रहेको छ ।...
गायक छन्त्यालको नयां गीत ‘पैसा वाला हेर्छन ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक छन्त्यालको नयां गीत ‘पैसा वाला हेर्छन ‘सार्वजनिक(भिडियो)

गायक युवराज छन्त्यालको नयां गीत ‘ पैसा वाला हेर्छन ‘ को भिडियो सार्वजनिक भएको छ । छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्याल ‘ Yubraj Chhantyal’ बाट सार्वजनिक गरिएको हो । कुमार थापाको एरेन्ज रहेको गीतको भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन । यादव देवकोटा,करिश्मा परियार तथा नविन पोखरेलको अभिनय रहेको भिडियोलाई आलोक वाग्लेले छायांकन गरेका हुन । सरोज केसीले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विनय भारतिले सहयोग गरेका हुन । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय छन्त्यालका थुप्रै गीतहरु सार्वजनिक भैसकेको छ । थुप्रै सफल गीतहरु संगीत तथा श्रृजना गरि सांगीतिक क्षेत्रमा फरक परिचय स्थापित गरिसकेका छन्त्याल राष्ट्रिय अन्तराष्ट्रिय अवार्डबाट समेत अवार्डेड भैसेका छन ।...
म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको “समलिङ्गी”नामक म्युजिकल सिनेमा सार्वजनिक छ । बिगतमा पनि म्युजिकल सिनेमाहरु नआएका होईनन तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ। शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन । दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन। सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छ्न । भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन । 0...
कलंकीकै सुविधा सम्पन्न होटल ‘होटल पलाजो’खुल्यो
अर्थ/व्यापार, समाचार

कलंकीकै सुविधा सम्पन्न होटल ‘होटल पलाजो’खुल्यो

काठमाडौंको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । करिब ५ करोड रुपैयाँ लगानीमा होटल पलाजो सञ्चालनमा ल्याइएको हो ।होटलको शुभारम्भ शनिवार एक समारोहका बीच ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकले गरे । काठमाडौं उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल संचालनमा ल्याइएको संचालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए । स्वदेशी तथा विदेशी अतिथिलाई आरामदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको छ । होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन् । रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ ।...
तिज गित ‘सम्झेर माईतीको आँगन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तिज गित ‘सम्झेर माईतीको आँगन’ सार्वजनिक(भिडियो)

काठमाडौं । तिज गित ‘सम्झेर माईतीको आँगन’ बजारमा आएको छ । कुमार कार्की को रचना तथा कविराज गिरी को संगित रहेको श्रीनाथ फिल्मस् को ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारी हरुको महान पर्व तिज, बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समय संगै तिज को मर्म संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कुमार कार्कीले बताएका छन् । उक्त गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ । गितको शब्द ले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा चड्किलो पन भन्दा पनी मौलिकता लाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलले बताएका छन् । यस गितमा नृत्य निर्देशन चन्द्र मन्दिरको र...
किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल
समाचार, समाज

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल

बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ । यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया । बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपालमा पनि २०१५...
बालाजु उद्यानमा “भानु”को सम्झना
समाचार, समाज

बालाजु उद्यानमा “भानु”को सम्झना

बालाजु बाईसधारा उद्यान कार्यालयको आयोजनामा  २१० औं आदिकवी भानुभक्त को जन्मजयन्ती बालाजु बाईसधारामा कविता वाचन सहित सम्पन्न भएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगर पालिका उत्थान तथा हरियाली प्रवद्र्धन आयोजना अन्तरगत वालाजु वाइसधारा उध्यान कार्यालयले आयोजना गरेको २१० औं भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थिय...
रीनाको “हेयर वेज ब्युटी एकेडेमी” सन्चालनमा
अर्थ/व्यापार, समाचार

रीनाको “हेयर वेज ब्युटी एकेडेमी” सन्चालनमा

काठमाडौं ।  काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रासान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए । गौरी र प्रसान्तले केक काट्दै रीनालाई “गुड लक” समेत भने ।  सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरेकी थिइन । अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिइन ।  एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन सङै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताईन । लामो समय यता सौन्दर्यको क्षेत्रमा क...
२१ लाख भन्दा बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)
मनोरन्जन, समाचार

२१ लाख भन्दा बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशील...