Friday, November 20

समाचार

तृप्तिको स्वर तथा विजय अभिनित हरि उप्रेतीको ‘निदरी’(भिडियो)
मनोरन्जन, समाचार

तृप्तिको स्वर तथा विजय अभिनित हरि उप्रेतीको ‘निदरी’(भिडियो)

गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ । ‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ । गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहित्य क्षेत्...
कला मेरो पहिचान, सेवा मेरो उद्देश्य: प्रलोपा समानुपातिक उम्मेदवार महेश्वर सुनारको राजनीतिक संकल्प
राजनीति, समाचार

कला मेरो पहिचान, सेवा मेरो उद्देश्य: प्रलोपा समानुपातिक उम्मेदवार महेश्वर सुनारको राजनीतिक संकल्प

पोखरा/कास्की । नेपाली नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, आध्यात्मिक साधक तथा सामाजिक अभियन्ता महेश्वर सुनार आगामी निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई बन्द सूचीको क्रम संख्या २ मा राख्दै प्राथमिकताका साथ अघि सारेको हो। पछिल्ला तीन दशकभन्दा बढी समयदेखि नेपाली नृत्य क्षेत्रमा सक्रिय सुनार सन् १९९९ मा भारतीय चर्चित रियालिटी शो ‘बुगी उगी’ का विजेता बनेर अन्तर्राष्ट्रिय स्तरमै नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो। त्यसपछि नेपालमा प्रसारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘छमछमी’ को सिजन १ देखि ४ सम्म मुख्य निर्णायकको रूपमा रहेर नेपाली नृत्यलाई व्यावसायिक र संस्थागत दिशातर्फ डोर्‍याउन उहाँको योगदान उल्लेखनीय मानिन्छ। बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका संस्थापक निर्देशक सुनार...
‘लिटल च्याम्पियन्स नेपाल–२’ सम्पन्न, ८० बाल प्रतिभाको राष्ट्रिय मञ्चमा उदय
मनोरन्जन, समाचार

‘लिटल च्याम्पियन्स नेपाल–२’ सम्पन्न, ८० बाल प्रतिभाको राष्ट्रिय मञ्चमा उदय

काठमाडौं — नेपालकै एकमात्र चर्चित बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नु भएको थियो। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको भन्दै उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प्रस्तोता सोनित राज ढ...
राजनीतिक अभियन्ता ‘सुदन ज्ञवाली’ वैकल्पिक राजनीतिले खोजेको अनुहार
राजनीति, समाचार

राजनीतिक अभियन्ता ‘सुदन ज्ञवाली’ वैकल्पिक राजनीतिले खोजेको अनुहार

रुपन्देही – युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्। ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्। बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसमेत हु...
तातो चिया, आत्मीय माहोल: नयाँ बानेश्वरको ‘चिया भवन’
अर्थ/व्यापार, समाचार, समाज

तातो चिया, आत्मीय माहोल: नयाँ बानेश्वरको ‘चिया भवन’

काठमाडौँ — व्यस्त दैनिकीका बीच केही समय निकालेर तातो–तातो, स्वादिलो चियासँगै सान्त्वनादायी वातावरणमा आराम गर्न चाहनेहरूका लागि नयाँ बानेश्वर (बुद्धनगर) मा ‘चिया भवन’ उत्कृष्ट गन्तव्यका रूपमा सञ्चालनमा आएको छ। कान्तिपुर इन्टरनेशनल कलेजको मुख्य प्रवेशद्वार अगाडि अवस्थित यस क्याफेले छोटो समयमै चियाप्रेमी तथा खानाका सौखिनहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। चिया भवनले गुणस्तर, स्वाद र सेवामा विशेष ध्यान दिँदै विभिन्न प्रकारका ताजा र स्वादिलो चिया उपलब्ध गराउँदै आएको छ। बिहानदेखि बेलुकासम्म ग्राहकको आवश्यकता अनुसार खाजा तथा स्न्याक्सको व्यवस्था गरिएको छ, जसले विद्यार्थी, कार्यालयकर्मी तथा स्थानीय बासिन्दालाई सहज विकल्प प्रदान गरेको छ। यस क्याफेको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको स्पेशल बिरयानी ले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ। स्वाद, परिकारको गुणस्तर र प्रस्तुतिको कार...
पं. डा. निशिकान्त सोनवलकरको च्यारिटी कन्सर्टमा युवान, इश्वरि र दिनेशको उत्कृष्ट प्रस्तुति
मनोरन्जन, समाचार

पं. डा. निशिकान्त सोनवलकरको च्यारिटी कन्सर्टमा युवान, इश्वरि र दिनेशको उत्कृष्ट प्रस्तुति

काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उनी भारतीय शास्त...
एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न
समाचार, समाज

एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा  २०८२ पौष १३ गते विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दल, नेपालको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालसँग आबद्ध सबै पदाधिकारी तथा सदस्यहरूले राष्ट्र र समाजका लागि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका केन्द्रीय निर्देशक  पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राष्ट्रिय सेवा दल, नेपा...
केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण
मनोरन्जन, समाचार

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ह...
कला, संस्कृति र सनातन मूल्यको प्रवर्द्धनका लागि विश्व हिन्दु युवा कलाकार संघ सक्रिय
समाचार, समाज

कला, संस्कृति र सनातन मूल्यको प्रवर्द्धनका लागि विश्व हिन्दु युवा कलाकार संघ सक्रिय

विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो । उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हुन...
पर्सा–२ मा कांग्रेसको उम्मेदवारी सिफारिसमा नयाँ मोड:युवा नेता यादवको नाम प्रदेशबाट केन्द्रसम्म
राजनीति, समाचार

पर्सा–२ मा कांग्रेसको उम्मेदवारी सिफारिसमा नयाँ मोड:युवा नेता यादवको नाम प्रदेशबाट केन्द्रसम्म

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहबाट नाम हटाइएपछि प्रदेश समितिमार्फत केन्द्रसम्म पुगेको यादवको उम्मेदवारीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ। यसअघि क्षेत्रीय र जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेका थिए। यस निर्णयलाई आफूविरुद्धको अन्याय ठहर गर्दै यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी पार्टी विधानअनुसार उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए। यादवको निवेदनपछि प्रदेश सभापति कृष्ण यादव...