Monday, November 23

समाचार

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन
विचार, समाचार

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

-डा. डि आर उपाध्याय खनाल, काठमाडौं-  बलात्कारको ग्राफ दिन प्रति दिन उकालो लाग्दो छ । आधुनिक मानविय सभ्गतालाई यसले क्षतविक्षत पारिरहेको छ । प्रहरीका अनुसार ०५३/०५४ देखि २०७६/०७७ सम्म देशभर १४ हजार ६३८ महिला बलात्कृत भएका छन् । प्रत्येक वर्ष औषत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेको छन् । २०७७ मंसिरमा महोत्तरी बर्दिबासकी ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या जस्ता अनेकौं कालो धब्बा समय समयमा देखिने गरेका छन् । राजधानी काठकाण्डौको चाबहिल स्थित सेन्टलरेनसका शिक्षक यसै साता पक्राउ गरिए । उनीमाथि ११–१२ कक्षाकी छात्राहरुसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप कलेजका विद्यार्थीहरुले नै लगाएका छन् । राजधानीमै ८ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी हँुदा आफुलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ५ महिना यौन शोषण गरेको भन्दै पिडित युवतीले भिडिया मार्फत हालै घटना...
तामाङ भाषा–संस्कृतिका समस्त विषय उठान गर्न गाह्रो : नायक घिसिङ
मनोरन्जन, समाचार

तामाङ भाषा–संस्कृतिका समस्त विषय उठान गर्न गाह्रो : नायक घिसिङ

काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् । घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी मुसु...
‘द फ्लिक मोडल्स’ आयोजना हुँदै
मनोरन्जन, समाचार

‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

‘द फ्लिक मोडल्स’ को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ। “जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर” भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए । देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब्...
‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागित...
राजनीति जनताको पक्षमा हुनु पर्छ
राजनीति, विचार, समाचार

राजनीति जनताको पक्षमा हुनु पर्छ

-डा.डिआर उपाध्याय, काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरुक...
दोश्रो जिनियस म्युजिक अवार्ड हुने,ज्येष्ठ २०मा टप ५ मनोनयन घोषणा
मनोरन्जन, समाचार

दोश्रो जिनियस म्युजिक अवार्ड हुने,ज्येष्ठ २०मा टप ५ मनोनयन घोषणा

जिनियस म्युजिक प्रालिले स्थापना दिवसको अवसर पारेर ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । कम्पनिले एउटा विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ । कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् । ज्येष्ठ २० गते टप ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने...
अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ
मौसम, समाचार, समाज

अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ

काठमाडौं -विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ जाने भएको छ । जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभूवन विश्वविद्यालय र अमेरिका कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयको वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो । मंगलबार काठमाडौं आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमक...
विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’
विविध, समाचार, समाज

विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो । गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ...
‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’अब नेपालमा
मनोरन्जन, समाचार

‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’अब नेपालमा

काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भा...
गीतकार यसु थापाको ‘पैसाले घुमाउँछ फनफनी’ (भिडियो)
मनोरन्जन, समाचार

गीतकार यसु थापाको ‘पैसाले घुमाउँछ फनफनी’ (भिडियो)

काठमाडौं । गीतकार यसु थापाद्वारा रचित ‘पैसाले घुमाउँछ फनफनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेल्जियमलाई कर्मथलो बनाई समाजसेवा तथा गीत संगीतमा सक्रिय गीतकार थापाका यस अघिका थुप्रै गीतहरु चर्चामा छन । गीतकारको रुपमा थुप्रै अवार्ड समेत जित्न सफल थापाको रचनामा तयार भएको उक्त गीतलाई गायक दिनेश गौतमले स्वर दिएका छन भने संगीत पुस्तक प्रसादको रहेको छ । संगीत संयोजन एसके वच्छाको रहेको गीतलाई मिक्सिङ्ग तथा मास्टरिङ्ग अशोक महर्जन र रेकर्डिस्ट कुमार केसीको रहेको छ । ललित अग्रवालको निर्माण रहेको भिडियोमा संचारकर्मी तथा मोडल शिशिर भण्डारी तथा सुजना श्रेष्ठ फिचर्ड रहेका छन भने अन्य कलाकारमा विदुर तिमल्सिना तथा रामचन्द्र गौतमको समेत अभिनय रहेको छ । यसै गरि,भिडियोलाई रामजी लामीछानेले निर्देशन गरेका हुन भने मनकृष्ण महर्जनले छायांकन र सम्पादन वंदे प्रसादको रहेको छ । चोकस न...