Monday, November 23

समाचार

३६ वर्ष अगाडी लेखीएको गीतकार सरलाको गीत ‘तिमीलाई जब गुमाए’मदनकृष्ण श्रेष्ठले गाए (भिडियो)
मनोरन्जन, समाचार

३६ वर्ष अगाडी लेखीएको गीतकार सरलाको गीत ‘तिमीलाई जब गुमाए’मदनकृष्ण श्रेष्ठले गाए (भिडियो)

काठमाडौं – गीतकार सरला श्रेष्ठले ३६ वर्ष अगाडी रचना गरेको गीत ‘तिमीलाई जब गुमाए’ले स्वर पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय गीतकार श्रेष्ठले ३६ वर्ष अगाडी चर्चित अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई आफुले तयार पारेको उक्त गीत गाउन दिने आफ्नो सपना साकार पारेकी छिन । निकै मार्मिक रहेको उनको शव्दलाई गायक मदनकृष्ण श्रेष्ठले सोही अनुसारको स्वर दिएर गीतलाई न्याय दिएका छन, भने अभिनेता श्रेष्ठकै आफ्नै सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले निर्देशन गरेकी भिडियो हेर्दा लाग्छ, हामी कुनै चलचित्र हेर्दैं छौं र त्यसको कथा वरिपरी डुल्न थाल्छौ । गीतको शव्द अनुसार तयार भएको गीत र भिडियो हेरेर भावुक नहुने कमै हुन्छन । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । गैरीधारा...
लचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

लचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

काठमाडौँ – महामारीका कारण रोकिएको प्रतिक्षित चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ  । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ ओएसआर डिजिटल युट्यब च्यानलबाट रिलिज भएको छ ।   ट्रेलर रिलिजसंगै लक्का जवान टिम प्रदर्शनको प्रचार प्रसारमा तिव्र रुपमा लाग्ने भएको छ । पहिले नै सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ,किरण केसी, सरोज खनाल, स्व.जयनन्द लामा,दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । पहिला नै दुई गीत सार्वजनिक गरिसकेको चलचित्र वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडे...
नेपाल भाषामा पि.एचडी गर्नलाइआर्थिक सहयोगको ढोका खुल्यो
शिक्षा, समाचार

नेपाल भाषामा पि.एचडी गर्नलाइआर्थिक सहयोगको ढोका खुल्यो

काठमाण्डौ, चैत्र २२  ग्यालेक्सी दैनिक राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एम।एस तहमा समावेशी गराउनमा विशिष्ट योगदान पु¥याएबाट कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, क्याम्पसका कर्मचारीलाई गत आइतवार चैत्र १३ गते सम्मान गरेका छन् । कार्यक्रममा नेपालभाषा व नेपाली भाषा विभागका विभागीय प्रमुख विष्णु प्रसाद ज्ञवालीले ‘नेपाल भाषा एम.ए. तहको कक्षा विद्यार्थीको उपस्थितिमा निरन्तर सञ्चालन भइरहेको जनाउँदै कक्षा व्यवस्थापन चुनौति भएता पनि आगामी दिनमा कक्षा व्यवस्थित गर्दै जाने धारणा राखे ।” पुर्व क्याम्पस प्रमुख प्रा.डा. निर्मला सुवालले ‘यस क्याम्पसा केही बर्ष अगाडि बि.ए. तहमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थी नभएपछि कक्षा बन्द भयो । त्यसपछि त्रिवि निति नियम अनुसार १० जना नेपालभाषा पढ्ने विद्यार्थी भएपछि बि.ए. तहको नेपाल भाषा कक्षा सञ्चालन गरिएको जनाउँदै नेपाल भाषा अभियान्ता विद्यार्थीहरुक...
चलचित्र ‘स्टुडेन्ट’मा चर्चित गीत ‘बाँझो खेत’को रिमेक
मनोरन्जन, समाचार

चलचित्र ‘स्टुडेन्ट’मा चर्चित गीत ‘बाँझो खेत’को रिमेक

काठमाण्डौ, चैत्र २२ ग्यालेक्सी दैनिक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन । आफ्नो तीन दशकको लामो अनुभव पछी उनले हाल निर्माताको रुपमा आफ्नो पहिलो नेपाली चलचित्र 'स्टुडेन्ट'को घोषणा सहित छाँयाकनको कार्य पनि शुरु गरिसकेको जानकारी गराउनु भयो । राज सिने आर्ट्सको निर्माण तथा महर्जनकै प्रस्तुती रहेको यस् चलचित्रलाई राम कृष्ण बजगाईले निर्देशान् गर्दै छन भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राइको रहने छ । २३ वर्ष अघी नेपाली चलचित्र 'माईली'मा रहेको चर्चित गीत 'बांझो खेतमा छडके सलाम' बोलको गीतलाई रिमेक गरी यस् चलचित्रमा आवद्ध गराइएको र हालै छांयाकन पनि सम्पन्न गरिएको जानकारी पनि निर्माता महर्जनले गराउनु भयो । रिमेकमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकै संगीत, वरिष्ठ गायक प्रेम राजा महत र वरिष्ठ गायिका को...
नेपाल भाषा अध्ययन अध्यापनको प्रयासमा नेवाः विद्यार्थी युनियन
शिक्षा, समाचार

नेपाल भाषा अध्ययन अध्यापनको प्रयासमा नेवाः विद्यार्थी युनियन

काठमाण्डौ, चैत्र २२  ग्यालेक्सी दैनिक नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेकोले नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ । नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सदस्य मनिस कुमार श्रेष्ठ (मानव) सहितका विद्यार्थी नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएका छ नेवाः विद्यार्थी युनियन नेवार समुदायको साझा संगठन हो । जसको मुख्य उद्देश्य भनेकै नेवार विद्यार्थीहरुको नेवाः हक अधिकारका बारेमा चेतना जागरण गराई नेवाः विद्यार्थीहरुलाई संगठित गरी नेपाल भाषाको संरक्षण, प्रवद्र्धन गर्ने जनाइएको छ । साथै नेपाल भाषा पठनपाठन क्षमता अभिवृद्धि गर्ने ल...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
मनोरन्जन, समाचार

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्ष...
जनताको जनजीविकाको सवालमा केही कुरा
राजनीति, समाचार

जनताको जनजीविकाको सवालमा केही कुरा

-डा.डिआर उपाध्याय, पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भए पछि बाँच्न गाहारो हुन थाल्यो । जनताको ढाँड सेकिने गरी यसरी महंगी बढनु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्ेयै छ । सरकार अब यो बिषयमा गम्भिर देखिनु पर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ । महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । यति बेला विविध खाले समस्याबाट जनता पीडित छन । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नु पर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनु प...
कुवेरको निर्देशनमा ‘आउ न आउ’ मा संजित र चन्दा (भिडियो)
फोटो फिचर, भिडीयाे, राष्ट्र, समाचार

कुवेरको निर्देशनमा ‘आउ न आउ’ मा संजित र चन्दा (भिडियो)

चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ । टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो । अहिलेका व्यस्त एवं चकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारी तथा मोडल चन्दा कुईकेल फिचर्ड भिडियोलाई फेशन फोटोग्राफीमा लोकप्रियता हासिल गरेका र पछिल्लो पटक निर्देशनमा सक्रिय कुुवेर तामाङ्गको निर्देशनमा तयार भएको हो । नायक भण्डारीका केहि चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो करीब ३ दिन लगाएर छायांकन गरिएको हो । उदयराज पौ...
किर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान
समाचार

किर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो । डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचा...
प्रम देउवाको भारत भ्रमण
राजनीति, समाचार

प्रम देउवाको भारत भ्रमण

-डा.डिआर उपाध्याय, आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा पु...